0
नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा शनिबारदेखि प्रथम अन्तरमावि छात्रा सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ प्रारम्भ भएको छ । बाझापटनस्थित कमलपोखरी मैदानमा सञ्चालन भएको प्रतियोगिता भदौ २३ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा आदर्श बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई १–० ले पराजित ग¥यो भने दोस्रो खेलमा टप्स उमाविले चिल्डे«न्स् एकेडेमीलाई ३ –० ले पराजित ग¥यो । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल विद्यालय फुटबल सङ्घका केन्द्रीय उपाध्यक्ष रत्नमान गुरुङले पोखरामा राम्रा खेलाडीको उत्पादन भइरहेको बताए । नेपाल विद्यालय फुटबल सङ्घ कास्कीका अध्यक्ष जगत थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य  उपाध्यक्ष मथुरा पौडेलले राखेका थिए भने कार्यक्रम सञ्चालन महेन्द्रसिंह थापाले गरेका थिए ।

Post a Comment

 
Top