एड्स रोग नियन्त्रण संघ कास्कीको १८ औं साधारण सभा तथा छैटौ अधिवेशनले पुनः विश्वमोहन गौचनको अध्यक्षतामा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश बहादुर श्रेष्ठ, सचिवमा अमृतलाल श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद अधिकारी रहेका छन् । संघको सदस्यहरुमा रामभुषण पराजुली, पुरुषोत्तम श्रेष्ठ, क्या. चिन बहादुर गुरुङ, अशोक शेरचन, याममाया गिरी, विजया गुरुङ र गीता अधिकारी रहेका छन् । निर्वाचन समितिमा लक्ष्मण अधिकारी, वैकुण्ठ प्रसाद अधिकारी र कल्पना आचार्य बास्तोला रहनुभएको थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै सभाषद एवम् संघका सल्लाहकार सारदा पौडेलले संघले लामो समयदेखि एचआईभी एड्स सचेतनाको क्षेत्रमा कार्य गर्दै आएको बताउदै आगामी दिनमा संघलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सचिव राजन उपाध्याय, सदस्य रामभुषण पराजुली, सल्लाहकार गोविन्दप्रसाद शर्मा र अमृतलाल श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका सदस्य सीता गुरुङ लगायतले बोलेका थिए । संघका सचिव राजन उपाध्याय र कोषाध्यक्ष रामप्रसाद अधिकारीले प्रस्तुत गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । सो अवसरमा संघका नयाँ आजिवन सदस्यहरुलाई सम्मान एवम् स्वागत गरिएको थियो ।
Post a Comment