0
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नयाँबजारद्वारा आयोजित पाँच दिवसीय राजयोग प्रशिक्षण शिविर कार्यक्रम धिताल गा.वि.स एक्लेगरा सामुदायिक भवन–६ मा आइतबारबाट शुरु भयो । मानव जीवन र जगतको वास्तविक ज्ञान दिई जनसमुदायमा आध्यात्मिक चेतनाद्वारा मानवीय मूल्यहरुप्रति चेतना जगाउँदै व्यसनमुक्त सभ्य समाजबनाउने उद्देश्यले राखिएको सो प्रशिक्षण कार्यक्रममा ब्रह्माकुमारी अन्जुले स्वयं आत्मा र ईश्वर परमात्माको चिनारी बारे प्रशिक्षण गराएका थिए । कार्यक्रममा वर्तमान समय मानवमा बढिरहेको तनावबाट छुट्कारा प्राप्त गरी वास्तविक मनको शान्ति र सुखको अनुभूति गर्नका लागि साथै भावी जीवनको सफलताका लागि वर्तमान समयको महत्व र त्यसको प्रयोग गर्ने विधिको बारेमा समेत प्रशिक्षार्थीहरुलाई अवगत गराइएको थियो । ब्रह्माकुमारी कल्पनाको स्वगत भाषणद्वारा सुरु भएको सो कार्यक्रममा वडा अध्यक्ष शिव प्रसाद ढुङ्गाना, जनजागरण आमासमूह, सृष्टि आमा समूह, आज्ञाकारी आमा समूह, लक्ष्मी विकास आमा समूह, स्थानीय सर्वसाधारण लगायत करिब १३० जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी निर्मलाले गरेकी थिइन ।

Post a Comment

 
Top