0
लामाचौरको ब्लु एन्जल क्लवको आयोजनामा लामाचौरमा जारी लामाचौर कप खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता २०७१  अन्तर्गत विहीबार ६ खेल सम्पन्न भएका छन ।
बिहीबार भएको पहिलो खेलमा एस.सी गाईजले हिमालयन क्लवलाई ३–२ को गोल अन्तरले पराजित गर्यो । एस.सी गाईजको जितमा सन्तोस खवासले दुई र विवेक गुरुङले एक गोल गर्दा हिमालयनका अविनास थकाली र विश्व अधिकारीले एक एक गोल गरे । दोश्रो खेलमा मोर्चुङगा एफ.सी.ले श्रृङ्खला युथ क्लवलाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले पन्छाउदै दोश्रो चरणमा यात्रा बनायो । निर्धारित समयमा मोर्चुङगाका जिवन गुरुङले एक गोल गर्दा सृङखलाका सुवास गुरुङले एक गोल गर्दा खेल टाइृब्रेकरमा धकेलिएको हो । ग्यारजाति युनाईटेडले ठाडोलाईन एफ.सी.लाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्यो । सुवास गुरुङको दुई र लक्ष्मण जिसीको एक गोलको मद्धतले चौथो खेलमा रन्जन स्मृति बीले गौरीबारी एफ.सीलाई ३–० ले पन्छायो । तोरण गुरुङको निर्णायक एक गोलको मद्धतले पाचौ खेलमा सयपत्री युथ क्लवले इन्द्रराज्य लक्ष्मी उच्च मा.वि.बि लाई पराजित ग¥यो । विहिबारको अन्तिम खेलमा सुवास थापा मगरको निर्णायक उक गोलको मद्धतले मिरुवा क्लवले फूलवारी–११ लाई पराजित गर्यो । विहीबार ४ खेल वाकओभरमा सम्पन्न भएको छ ।

Post a Comment

 
Top