0
पोखरामा बिहीबार आयोजित छुट्टा–छुट्टै दुई रक्तदान कार्यक्रममा एकसय ५४ युनिट रगत संकलन भएको छ । बालगोपाल भजनकीतन सेवा समिति र नेपाल रेडक्रस सोसाइटी पोखरा १६ उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो । बालगोपाल भजनकीतन सेवा समिति, बालगोपाल आमा समूह तथा बाल गोपाल युवा समिति गौंडाकोमुख भद्रकालीचोक पोखरा –१३ को संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जीवनदान, जीवनदान महादान भन्ने मूल नाराका साथ  आयोजित कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा १०८ युनिट रगत संकलन  भएको कार्यक्रम संयोजक धिरजप्रसाद ढेवाजूले गोल्डेन न्यूज दैनिकलाई बताए । कार्यक्रममा अरण्यजोती पुस्तकालयका अध्यक्ष राजेन्द्र भण्डारी, भद्रकाली गौंडाकोमुख टयाक्सी इकाई समितिका अध्यक्ष श्रीप्रसाद गुरुङ, जनकल्याण सेवा समितिका अध्यक्ष लोकवहादुर कार्की, भद्रकाली वहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष वजिरमान श्रेष्ठ, रक्त सञ्चार केन्द्रका कार्यालय प्रमुख धु्रवमणि लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका वरिष्ठ सल्लाहकार सदस्य रामगोपाल ढेवाजूले स्वागत, समितिका अध्यक्ष डम्बरवहादुर श्रेष्ठले अध्यक्षता र कार्यक्रम सञ्चालन रोज कुमार श्रेष्ठ तथा मिना श्रेष्ठले गरेका थिए ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी पोखरा १६ उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । जुनियर रेडक्रस सर्कल अल्फा बोडिङ स्कुलले व्यवस्थापन गरेको कार्यक्रमको उद्धघाटन रेडक्रस सोसाइटि कास्कीका सभापति बामदेव ढुङगानाले पहिलो रक्तदाता प्राध्यापक डोलराज अर्याललाई ब्लड व्याग हस्तान्तरण गरी गरेका थिए । शाखा सभापति बसन्त तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा कोमागाने मातृ शिशु अस्पतालका अध्यक्ष कृष्ण थापा, अल्फा बोडिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारी शाखाका उपसभापति झङकनाथ देवकोटा र शुक्ला साहित्य समितिका अध्यक्ष इन्दु भट्टराईले रक्तदानको महत्वका विषयमा बोलेका थिए ।

Post a Comment

 
Top