0
आठौं पोखरा पिस क्रिकेट कप २०७१ को उपाधी एसएमसी ८ सिमलचौरले जितेको छ । गण्डकी फुड क्याफे गाइजलाई फाइनलमा ७९ रनले पराजित गरी एसएमसी ८ ले उपाधि चुम्न सफिल भएको हो । टस जितेर पहिले फिल्डिङ्ग रोजेको गण्डकी फुड क्याफे गाइजले एसएमसी ८ लाई ब्याटिङ्गको निम्ता दिँदा एसएमसी ८ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारेको थियो । उक्त योगफल तयार पार्ने क्रममा म्याद अफ दी म्याच प्रदीप धिवरले ६० बलमा ७ चौका र ३ छक्काको मद्दतले ७८ रन, दीपेश खत्रीले १८ बलमा ३ चौका र एक छक्काको मद्दतले २८ रनको योगदान दिएका थिए । गण्डकी फुड क्याफे गाइजका राजु सोनीले ४ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट, इस्लाम खानले ४ अ‍ेभरमा १ मेडन राख्दै २० रन खर्चेर १ विकेट हात पारे । १ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी फुड क्याफे गाइज १६.२ ओभरमा ७० रनमा समेटिन पुगेको थियो । गण्डकी फुड क्याफे गाइजका रिजन प्रजुले २१ बलमा ३ चौका र एक छक्काको मद्दतले २१ रन बनाए । गण्डकी फुड क्याफे गाइजको ब्याटिङ्ग ध्वस्त पार्ने क्रममा एसएमसी ८ का दीपक शर्माले २२ ओभरमा ११ रन खचेर ५ विकेट हात पारे । त्यस्तै सगुन मल्लले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट र दीपेश खत्रीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारे । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले पोखरा पिस क्लवले गरेको कार्यहरुको प्रसंसा गर्दै क्लवका सामाजिक कार्यहरुमा सदैव सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे । साथै मालेपाटनको खेलमैदानको मर्मत तथा व्यवस्थापनको लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । प्रतियोगिताको विजेता एसएमसी ८ ले नगद रु.३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता गण्डकी फुड क्याफे गाइजले नगद रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

Post a Comment

 
Top