0
छोरेपाटन टोल सुधार समिति पोखरा–१७ को १५ औं साधारण सभा तथा नवौं अधिवेशनले धर्मराज अर्यालयको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रंगिला आचार्य, उपाध्यक्षमा गोमा पौैडेल, सचिवमा उत्तम सिग्देल, सह–सचिबमा नारायण प्रसाद अधिकारी, कोषाध्यक्ष्मा कृष्णाप्रसाद बराल, सह–कोषाध्यक्षमा आनन्द अर्याल सर्वसम्मत भए ।
यसैगरि सदस्यहरुमा ले.धर्मदत्त तिमिल्सिना, शारदाराज चालिसे, खिमलाल बराल, ईश्वरी प्रसाद लम्साल, टिकाराम खाति सुनार, लक्ष्मी गुरुङ, लक्ष्मी देबकोटा, इच्छा बराल रहेका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संविधान सभाका सभाषद रविन्द्र अधिकारीले टोल सवैको साझा भएको बताउँदै प्रत्येक टोलमा बसोवास गर्ने टोलवासीमा सकारात्मक शोचको विकास हुन सके विकास हुनेमा जोड दिए । सो अवसरमा नव निर्मित भवनको पहिलो तल्ला समुद्घाटन गरिएको थियो । टोल सुधार समितीमा विभिन्न समयमा आर्थिक सहयोग प्रदान गर्ने संगिता अधिकारी, सल्लाहकार झपिन्द्रराज रेग्मी, सल्लाहकार हरि लम्साल, एस.पि. चित्र बहादुर के.सी., ऋषिराम ढकाल, नारायण प्रसाद बराल लगायतका १९३ जना सहयोगदाता लाई सम्मान तथा कदर पत्र पदान गरिएको थियो । समितिमा रहेर महत्वपूर्ण योगदान पु¥याएका सदस्य ईश्वरी प्रसाद लम्साल, गुप्त बहादुर गुरुङ र सचिब धर्मराज अर्याल एवम् अन्य क्रियाकलापमा सहयोग गर्ने समाजसेवी कृष्ण प्रसाद लम्साल, सन्तोष राई, प्रकाश तामाङ, र दिपेन्द्र पौडेल लाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा छोरेपाटन टोल सुधार समितिका अध्यक्ष ऋतुनाथ लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम मूल संयोजक वरिष्ठ उपाध्यक्ष धर्मदत्त तिमिल्सिना, ईश्वरी प्रसाद लम्साल, सितल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेदराज ढकाल, सिमलटुंडा टोल विकास संस्थाका अध्यक्ष चुडामणि बराल, बेल्घारी टोल विकास संस्थाका अध्यक्ष तारानाथ पौडेल, शितलचौतारी आमा समुहकी अध्यक्ष विजया पहारी, नारी उत्थान दिदी बहिनी समुह बेल्घारीका अध्यक्ष सरिता घिमिरे, ओम एकेडेमी का संस्थापक यूवक लामिछाने, नेकपा ए माओवादीका वडा नं. १७ का अध्यक्ष मनु खत्रि, नेकपा एमालेका वडा नं १७ का अध्यक्ष सुभाष ढुङगाना, नेपाली कांगे्रस वडा नं. १७ का सभापति पुण्डरी बराल, गुप्तेश्वर महादेव गुफाका उपाध्यक्ष तुलसीराम बराल, उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जित बहादुर तमु, पूर्वाध्यक्ष झपिन्द्रराज रेग्मी, रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका अध्यक्ष तीर्थराज अधिकारी, सल्लाहकार प्रा.डा. भूपति ढकाल कमल, सल्लाहकार एवम् गुप्तेश्वर क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष बरिष्ठ अधिवक्ता तिलक प्रसाद आचार्य समितिका उपाध्यक्ष यदु प्रसाद कँडेलले लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top