0
सिद्धार्थ क्लव पोखराको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय कास्कीको सहजीकरणमा एक दिने अनुशिक्षण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा कृस्ती र सराङ्गकोट गाविसका ३७ जना कृषकहरुको सहभागिता रहेको थियो । कृस्ती नाच्नेचौर र सराङ्गकोट गाविसका कृषि समूह र कृषक सञ्जालका सदस्यहरु तथा क्लबका सदस्यहरुका लागि जिल्ला कृषि विकास कार्यालय कास्कीबाट प्रदान गरिने सेवा सुविधा तथा स्थानीय स्तरमा कम्पोष्ट मल बनाउनका लागि उक्त अनुशिक्षण प्रदान गरिएको हो । कार्यक्रममा सहजीकरण गर्दै जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत मनहर कडरियाले घरबाटबाट निस्कने फोहरबाट कम्पोष्ट मल बनाउने विधि, यसको आवश्यकता र महत्व लगायत जिकृबिकाबाट प्रदान गरिने प्रविधि विस्तार, सेवा–टेवा, प्राबिधिक सेवा, बजार विकास, साना सिँचाई, सहकारी तथा सामूहिक खेती कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीले राज्यले गर्ने हरेक गतिबिधिहरुमा सहयोगको भावनाका साथ सिद्धार्थ क्लबले काम गरेता पनि कतिपय सेवाहरु दिन खोज्दा राज्य पक्ष नै स्वयं प्रतिद्वन्दीको भावनामा चलेको भन्दै राज्य पैसा खुवाउने ठूलाबडा भनाउँदाको पिछलग्गु भएको भन्दै आपत्ति प्रकट गरे । साथै उनले सराङ्गकोट गाबिसमा गठित कृषि बजार ब्यवस्थापन समितिका अध्यक्ष तारादेबी जिसी र सदस्यलाई गाउँमा भएको कृषि उपज संकलन र ब्यवस्थापनका लागि नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न सहभागिहरुका तर्फबाट सराङ्गकोट गाविस वडा नं. २ को सचेतना कृषि समूहका भगवती ढकाल र कृस्ती गाबिस स्तरीय कृषि सञ्जालका उपाध्यक्ष बाबुराम पोख्रेल लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा क्लबका निर्देशक श्यामलाल श्रेष्ठ, सह–सचिव तीर्थ श्रेष्ठ, वातावरण कार्यक्रम संयोजक विजया श्रेष्ठ, कार्यक्रम संयोजक दुर्गा प्रसाद खनाल लगायतले तालिमको उपयोग गरी जिल्ला कृषि विकास कार्यालयसंग सहकार्य गर्न आग्रह गरेका थिए ।

Post a Comment

 
Top