0
पोखराको सृजनाचोकमा रहेको नवसाथी बचत तथा ऋण सहकारी दोश्रो अधिवेशनले अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको सचिवमा शिवजी पौडेल, कोषाध्यक्षमा कृष्ण प्रसाद लामिछाने, सदस्यहरुमा शंकर थापा, राजविक्रम ध्वजु श्रेष्ठ, जानुका अधिकारी र कृष्णजी पौडेल निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा राजेन्द्र कोइराला र सदस्यहरुमा वेवराज गिरी तथा अमृतराज बाँस्तोला  चयन भएका छन् । सहकारी प्रशिक्षक बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २०७० सालमा एस.एल.सीमा उत्र्तीण शेयर सदस्यका छोराछोरी प्रवेश भुजेल, प्रदिप गौतम, जोत्सना आलेलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।

Post a Comment

 
Top