0

लेखनाथ उद्योग वाणिज्य संघ र गुणस्तर तथा नापतौल कार्यालय, कास्कीको संयुक्त आयोजनामा आईतवार 
देखी लेखनाथका व्यवसायीहरुको सुविधाका लागि नापतौलका समाग्री नविकरण कार्य शुरु गरिएको छ ।  लेखनाथ नगरपालिकाका १५ वटै वडामा स्थलगत नापतौलका सामानः ढक तराजु कांटा, गज, मिटर, लिटर ईत्यादि जांच गरी नवीकरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मे.रामप्रसाद गुरुङले वताए । नाप तौलका समाग्री नविकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय र लेखनाथ उद्योग वाणिज्य संघका कर्मचारीहरु स्थलगत रुपमा जाने साथै नापतौलका सामग्री नविकरणको पहिलो दिन लेखनाथ नगरपालिका वडा न. ५, विजयपुरमा गरिएको छ ।

Post a Comment

 
Top