0
ओम फाईनान्स लिमिटेडले कास्की जिल्लाको कालिका गा.वि.स.४, कालिकास्थान स्थित जनज्योती उच्च मा.बि. परिसर भित्र वृक्षारोपण गरेको छ । ओम फाईनान्सका महाप्रवन्धक बुद्धि मल्ल र उच्च मा.बि.का प्राचार्य माधव प्रसाद पौडेलले संयुक्त रुपमा बृक्षारोपन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा फाईनान्सका कर्मचारीहरु तथा उच्च मा.बि.का शिक्षक, अभिभावक तथा समाजसेविहरु गरि ४५ जनाको उपस्थिती थियो । कार्यक्रममा लप्सी, चिउरी, कल्की, पहेंलो फूल, मयूरपंखीधुपी, कपूर जस्ता बिभिन्न जातिका २०० बिरुवाहरु रोपिएको थियो । ओमले प्रत्येक बर्ष बृक्षारोपन कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ भने असोज १ गते प्रधान कार्यालय न्यूरोड पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

Post a Comment

 
Top