
स्व. बुबा कर्णबहादुर थाापा र आमा शिवमाया थापाप्रति श्रद्धा व्यक्त गर्दै प्रत्येक वर्ष डा. थापाले पोखरा वृद्धाश्रममा भोजन तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको स्वाथ्यकर्मी नारायण बरालले जानकारी दिए । स्वास्थ्य शिविरमा आश्रममा रहेका ६४ जना वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको मुटु, मधुमेह, उच्च रक्तचाप, दम लगायतका समस्या देखिएको र केहि निःशुल्क औषधि समेत प्रदान गरिएको स्वास्थ्यकर्मी बरालले बताए । स्वास्थ्य शिविरमा फिजिसीयन डा.सुरेश थापा, रेडियोलोजिष्ट डा. मदन थापा, डा. रोहिणी सिग्देल लगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।
Post a Comment