0

गायक विनोद बाँनिया रेस्टुरेन्ट व्यवसायी बनेका छन् । उनका केहि साथीहरुसंग मिलेर उनले नयाँ साँगीतिक रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् । मेलोडी क्याफे नाम दिईएको रेस्टुरेन्ट आईतबारदेखि संचालनमा आएको छ । ८० लाख रुपैँया लगानी रहेको रेस्टुरेन्टमा हरेक साँझ साँगीतिक प्रस्तुती समेत हुने उद्घाटनको क्रममा जानकारी दिईयो । महेन्द्रपुलमा खोलिएको रेस्टुरेन्टमा दिउँसो र साँझ गरि दुई सिफ्टको मेनुको व्यवस्था छ । रेस्टुरेन्टको आईतबार कवि तीर्थ श्रेष्ठले उद्घाटन गरे । उद्घाटन गर्दै उनले यूवाहरुले व्यवसायप्रति देखाएको चासो सकारात्मक कुरा भएको बताए । रेस्टुरेन्टमा बाँनीयासंगै अशोककुमार गुरुङ, गणेश बसौला, शेखर शेरचनको लगानी रहेको छ । पुरानो ओपन हाउस रहेकै स्थानमा संचालनमा ल्याईएको रेस्टुरेन्टमा एकैचोटी ७० जना खानबस्न सक्ने संचालक विनोद बाँनीयाले बताए । बाँनीया यसअगाडि ओपन हाउसमा गीत गाउँदै आएका थिए । केहि गरौँ भनेर आफ्नै लगानीमा रेस्टुरेन्ट संचालनमा ल्याएको उनले बताए । साँझमा रामभक्त जोजिजु, ईतु पल, मालती गुरुङ, विनोद बाँनीया, आशिष दास दियाली लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ । संगीतको धुनसंगै खानपिनमा रमाउने ग्राहकहरुका लागि मेलोडी क्याफे गतिलो गन्तब्य हुने बाँनीयाले विश्वास दिलाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले शुभकामना दिएका थिए ।

Post a Comment

 
Top