
संस्थाका अध्यक्ष नीलकण्ठ शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘यस क्षेत्रको अत्यन्तै महत्वपूर्ण पर्यटकीय क्षेत्र पोखरामा अन्तराष्ट्रिय विमानस्थलको अपरिहार्यतालाई मध्यनजर गर्दै निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गर्दछ ।’ साथै विमानस्थल निर्माणका सवालमा निर्माण सरोकार समितिले पनि सरकारका मन्त्री लगायत उच्च पदस्थ अधिकारीहरु लाई भेटेर दवाव दिएको भन्ने सुनिए पनि त्यसको वास्तविकता बाहिर नआएको हुँदा वास्तविकता सार्वजनिक गर्न माग गरिएको छ ।
Post a Comment