0
पोखरा उपमहानगरपालिका वडा नं. ३ नारायणस्थानस्थित श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको दोस्रो साधारण सभा एवम् अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले समाजसेवी, अग्रज व्यवसायी एवं धार्मिक व्यक्तित्व महेश पराजुलीलाई पुनः अध्यक्षमा चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा रामजन के.सी., द्वितीय उपाध्यक्षमा शशिधर पराजुली, सचिवमा राधेश्याम उदास, सहसचिवमा टुकराज बाँस्तोला विशाल र कोषाध्यक्षमा माधव बास्तोला मधु रहेका छन् ।  कार्यसमितिका सदस्यहरुमा विष्णुमाया पराजुली, गीता कुँवर, बासुदेव पौडेल, अर्जुन पराजुली र दिलिप गिरी रहेका छन् ।
त्यसअघि कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथि श्री १००८ स्वामी डा. रामानन्द गिरीजी महाराजले पोखराको ऐतिहासिक, धार्मिक पवित्र तीर्थस्थल नारायणस्थानको महिमा बारे प्रकाश पारे । उनले मन्दिर समितिले गरेका विकास निर्माणका कार्यहरुको मुक्तकण्ठले प्रशंसा समेत गरे । जीवले मोक्षपद प्राप्त गर्नका लागि भगवान नारायणको उपासना, साधना एवम् शास्त्रको श्रवण, मनन र निदिध्यासन गर्नुपर्ने उनले बताए । कार्यक्रममा संस्थाका सल्लाहकारहरु प्रा. नारायणप्रसाद अधिकारी, पूर्व सांसद शुक्रराज शर्मा, धार्मिक व्यक्तित्व एवं समाजसेवी लिलाभक्त आचार्य, वरिष्ठ लोक गायक प्रजापति पराजुली, पूर्व अध्यक्ष स्व. रुद्रनाथ अधिकारीका सुपुत्र लक्ष्मीकान्त अधिकारी लगायतले नारायणस्थान को विकास, संरक्षण, सम्बद्र्धन एवम् नारायण गुठीको जग्गा खोजविन गरी नयाँ दर्ता गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संस्थाका निवर्तमान कार्यबाहक सचिव रामजन के.सी.ले संस्थाको वार्षिक प्रतिवेदन एवम् निवर्तमान कोषाध्यक्ष राधेश्याम उदासले लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तैे विधान संशोधन प्रस्ताव उप–समितिका संयोजक अधिवक्ता नारायण आचार्य एवम् सहसंयोजक अधिवक्ता शुकदेव गौतमले प्रस्तुत गरेको विधान मस्यौदा माथि सदस्यहरुले आवश्यक संशेधन सहित विधान संशोधन प्रस्ताव परित गरेको थियो । संस्थाका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका २१० जना आजीवन सदस्यहरुलाई आजीवन सदस्यताको प्रमाण–पत्र पंदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस् थाका सल्लाहकार रामचन्द्र पौडेलले गरेका थिए । नयाँ अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता नारायण आचार्य एवम् सह–संयोजक अधिवक्ता शुकदेव गौतमले सपथ  ग्रहण गराएका थिए ।  वि.सं. १९३७ पूर्व फिरन्ता ब्रह्चारी गणेश गिरीले स्थापना गरेको श्री लक्ष्मीनारायण मन्दिरको संरक्षण सम्बद्र्धन एवम् विकास गरी गुठी जग्गाहरुको संरक्षण गर्ने उद्देश्यले २०६१ सालमा श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको गठन भएको थियो ।

Post a Comment

 
Top