0
शुभेच्छा वचत तथा ऋण सहकारी संस्था लि. पोखरा ३ तेर्सापट्टि को छैटौ अधिवेशनबाट अध्यक्षमा  विना लोहनी तामाङ्ग निर्वीरोध चयन भएकी छन् । आगामि ३ वर्ष कार्यकाल रहने काय्र्रसमितिको उपाध्यक्षमा विकेन्द्रमान पालिखे, सचिवमा नरेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा मोक्षनाथ तिमिििल्सना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नन्दराम गिरी, सुरेन्द्रमान विजुक्छे, होमनाथ पौडेल, नमिता गौतम रेग्मी, दिलिप कुमार रंजित रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा दयाराम सुवेदी र सदस्यहरुमा अमिन पालिखे, विनोदराज सुवेदीलाई छनोट भएका छन् । यसअघि १६ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन को उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले गरेका थिए । कार्यक्रममा बोल्दै गिरीले संस्थाका संस्थापना काल देखि हालसम्मको प्रगति उल्लेखनीय रहेको बताए । संस्थाका अध्यक्ष दिपेन्द्र राज रेग्मीले संस्थाको शेयर पुजिँ २ करोड १२ लाख ६६ हजार निक्षेप १२ करोड ८४ लाख ६१ ह्जार ३९५।७७ कर्जा लगानी १२ करोड ४१ लाख ३९ हजार रहेको बार्षिक प्रतिबेदन पेश गर्दै चालु वर्षका लागि प्रस्तावित कार्यक्रम र बजेट रु २ करोड १३ लाख ३३ हजार र स्थिर खर्च तर्फ ६ लाखको आम्दानी, खर्च को प्रस्ताव प्रस्तुत गरेका थिए । सभामा उपाध्यक्ष विना लोहनी तामाङ्ग, निर्मल गिरी, शिव प्रसाद चालिसे, बामदेव पौडेल, रामचन्द्र भट्ट, रविन्द्र बाटाजु, प्रा.डा. यादव प्रसाद गौडेल, संस्थापक अध्यक्ष दामोदर चालिसे, रत्नजंग कार्की हरि पाठक , श्रीकृष्ण रेग्मी लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष दिपेन्द्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव नरेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।


Post a Comment

 
Top