0
टी.आई नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्कीले सल्लाहकार चयन गरेको छ । संस्थाले सल्लाहकारहरुमा टी.आई नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मी तथा पूर्वअध्यक्षहरु सुरेन्द्र थापामगर र चन्द्रकृष्ण कर्माचार्यलाई चयन गरिएको सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।  शान्तिका लागि नागरिक समाजको संजालको प्रतिनिधीमा सुनासका पूर्वउपाध्यक्ष श्याम कुँवरलाई पठाउने निर्णय पनि सुनासको वोर्ड वैठकले गरेको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय कास्की र सुनास कास्कीको संयुक्त पहलमा यही २०७० असोज ३ गते चाडवाडलाई केन्द्रित सरकारी सेवा प्रवाहलाई चुस्त वनाउने विषयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । चाडवाडमा आवश्यक  खाद्यन्न, यातायात सेवा, कपडा, फलफूल, तरकारी, मासु, लगायतका वस्तुमा ठगी हुन सक्ने कारण त्यस कार्यवाट उपभोक्तलाई सचेत पार्न अन्तरक्रिया कार्यक्रम गर्न लागिएको सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए । कार्यक्रममा सरकारी सेवाप्रदायक र उद्योग वाणिज्य संघ तथा विभिन्न सरोकारवाला निकायहरुलाई कार्यक्रममा वोलाईएको छ । कार्यक्रम असोज ३ गते विहान ८ वजे जिल्ला विकास समितिको सभाहलमा कार्यक्रम हुनेछ ।

Post a Comment

 
Top