0
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबूका राजयोगी ब्रह्माकुमार भगवान भाइले आधुनिक जीवनशैलीले तनाव पैदा गरिरहेको छ । तनावको सीधा सम्बन्ध बिमारीसँग हुन्छ । राजयोग मेडिटेशनको अभ्यासद्वारा हामीले आफ्नो मनोबललाई मजबूत गरी तनावबाट मुक्त रहन सक्ने बताएका छन् । तनाबबाट बच्नको लागि आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न आवश्यक छ । तनावको कारण हरेक व्यक्तिको फरक फरक छ । तनावको मुख्य कारण नै मनमा आउने नकारात्मक विचार हो । नकारात्मक विचारबाट आपसी व्यवहारमा कटूता आउँदछ, घृणा, नफरत, वैर, विरोध, क्रोध आदि उत्पन्न हुन्छ । नकारात्मक विचारबाट दृष्टि वा दृष्टिकोण र व्यवहार पनि नकारात्मक बन्दछ जसबाट मनमा तनाव पैदा हुन्छ । तनावको कारण नै मानसिक र शारीरिक अनेक बिमारीहरु हुने संभावना धेरै हुने समेत भगवान भाईले बताए । उनले राजयोगको अभ्यासद्वारा नै मनोबललाई मजबूत गरी तनावबाट मुक्ति पाउन सकिन्छ । राजयोग नै  संजीवनी बूटी हो जसको अभ्यास गर्दा आन्तरिक शक्ति जागृत हुन्छ । राजयोगको अभ्यासबाट नै अतिन्द्रिय सुख, सांसारिक वस्तु, वैभवको सुख खल्लो लाग्न थाल्दछ । यसको अभ्यासले मन भट्किन बन्द हुन्छ, मनमा स्थायी एकाग्रता आउँदछ जसबाट मनमा सकारात्मक विचार चल्न सुरु हुन्छ । राजयोगको अनुभूतिको लागि सात्विक भोजन, राम्रो संगत र सकारात्मक चिन्तन गर्न आवश्यक रहेको कुरामा समेत जोड दिए । रामबजार शाखाकी संचालिका ब्रह्माकुमारी गोमा दिदीले शुभकामना शब्द राखी प्रारम्भ भएको सो कार्यक्रमको संचालन ब्रह्माकुमार शंकर भाइले गरेका थिए ।

Post a Comment

 
Top