0
उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले आयोजना गरेको अन्तर उच्च मावि स्तरीय निवन्ध लेखन प्रतियोगितामा स्पाइरल ग्यालेक्सी उच्च माविका शैलताज कुवँर प्रथम भएका छन ।
कास्कीमा रहेका विभिन्न उच्च माविका ४५ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगीतामा स्टेप बाई स्टेप उच्च माविका समिक्षा आचार्य र सागर कुवँर द्वितीय, न्यू लाइट उच्च माविका दिवस बुढाथोकी तृतीय र माउण्ट अन्नपूर्ण क्याम्पसका रुपेश श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रम संयोजक नारायण शर्मा चापागाइले जानकारी दिए ।
संयोजक चापागाइको नेतृत्वमा रामजी शर्मा र पूण्य प्रसाद शर्मा रहेको समितिले प्रतियोगिताको नतिजा मंगलवार सार्वजनिक गरेको हो । उत्कृष्ट विद्यार्थीलाई आगामी माघमा आयोजना हुने हिसान मिटमा पुरस्कार वितरण गरिने छ । हिसानले उच्च माविमा अध्ययन गर्ने विद्यार्थीको मनशिक तथा शारिरिक विकास गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम गर्दे आईरहेको छ ।

Post a Comment

 
Top