0
पछिल्लो क्रममा बढ्दै गईरहेको आत्म हत्याका घटनालाई रोकथाम गर्न परिवार र समाज नै बढी सचेत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुलले जोड दिएका छन्  । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा हिमालय क्लव बाटुलेचौर र मनोसामाजिक विमर्श मंच कास्कीले आज बाटुलेचौरमा आयोजना गरेको आत्महत्या रोकथाममा समाजको भूमिक विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले साथी परिवार र अन्य महत्वपूर्ण मान्छेहरुको सहयोगबाट नै आत्महत्या सम्वन्धी मानसिकतालाई हटाउन सकिने बताएका हुन् । कार्यक्रमको उद्धघाटन गर्दै विन्धवासीनी उच्च माविका प्रधानाध्यापक खिमलाल अधिकारी आत्महत्या घटानालाई प्रोत्साहन गर्न भन्दा पनि उत्पन्न समस्याका विषयमा केलाउन सक्नुपर्ने बताएका छन् । विभिन्न माध्यमबाट समाजमा चेतना मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेकोमा उनको जोड थियो । जिल्ला जन स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद अधिकारीले आतम हत्याको सोच भएका व्यक्तिको पहिचान गरि आत्मीय व्यवहार र साहानुभूति प्रकट गर्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक गौतम मिश्रले पछिल्लो समय आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या बढेको बताए । उनले २०७० ७१ मा ६२ जना पुरुष र ४३ जना महिलाले आत्महत्या गरेका जानकारी समेत दिएका छन् । विजी हस्पिटलका डा. निर्मल लामीछाने, मनोसामाजिक विमर्शकर्ता वसन्त सुवेदी, अधिवक्ता सरला पाण्डे, गीता पौडेल र लक्ष्मी गौतम त्रिपाठीले आत्महत्याका घटना बढनुका कारण बारे कार्यक्रममा जानकारी गराएका थिए ।
सोही अवसरमा आयोजना गरिएको अन्तर मावि निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाण–पत्र वितरण गरिएको थियो । प्रतियोगीतामा गण्डकी आवासिय उच्च माविका प्रशान्त सुवेदी प्रथम, प्रगती वोडिङ स्कुलका कुसुम पुन द्वितीय, अल्फा बोर्डिङका दिपा नेपाली तृतीय र गण्डकी आवासिय उच्च मावि कै प्रथम आचार्य सान्तवना भएका छन् । मंचका अध्यक्ष जमूना शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

 
Top