0
वाल तथा महिला शसक्तिकरण समाज नेपालको आयोजनामा काहु र अर्मला गाविसमा छुट्टाछुट्टै दुईदिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अर्मला गाविसमा सोमवारदेखि सुरु भएको  तालिम मंगलवार सम्पन्न भएको हो । तालिमको पहिलोदिन समाजका उपाध्यक्ष सिता भट्राई र दोश्रोदिन नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य सुष्मा पौडेलले प्रशिक्षण दिएका थिए । तालिममा ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यक्रम संयोजक दुर्गा शर्मा र सहजकर्ता धना गुरुङले समेत वोलेका थिए भने सहभागिहरुले तालिम उपलव्धिपूर्ण रहेको वताए ।त्यस्तै काहु गाविसमा पनि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले वोल्ने कला र क्षमता अभिवृद्धि सम्वन्धि तालिममा सहजिकरण गरेकि थिइन् भने सिता भट्टराईले नेत्तृत्व विकास सम्वन्धि सहजिकरण गरेकी थिइन् । कार्यक्रममा समेत सहभागिहरुले तालिमले आफुहरुमा वोल्ने कलाको विकास तथा क्षमता अभिवृद्धि र नेत्तृत्व शैलिको विकास भएको भन्दै खुसि व्यक्त गरेका थिए ।

Post a Comment

 
Top