0
पश्चिमाञ्चलमा विभिन्न खाले अपराधका घटनामा बृद्धि भएको छ । गत वर्षभन्दा यस बर्ष पाँच सयले अपराधमा बृद्धि आएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अपराधका घटना बृद्धिसंगै प्रहरीमा चुनौती समेत थपिएको छ । उचित साधन स्रोतको अभावमा प्रहरीले समाजमा अपराध नियन्त्रणका लागि प्रयास गरेको र त्यो सकरात्मक भएको प्रहरी अधिकारीहरु बताउ छन् । पश्चिमाञ्चल विकास क्षेत्रमा एक वर्षमा पाँचहजार भन्दा बढि अपराधका घटनाहरु भएका छन् । आर्थिक वर्ष २०७०÷०७१ मा १६ जिल्लामा पाँचहजार एकसय ५६ वटा अपराधिक घटना प्रहरीमा दर्ता भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा झण्डै एकहजार बढि हो । पाँच हजार पाँच सय ३५ जना पक्राउ परेको पश्चिम क्षेत्रीय प्रहरी कायर्नलयले जनाएको छ । त्रिवर्षीय तुलना गर्दा हरेक वर्ष अपराध र अभियुक्त पक्राउ पर्ने क्रम बढ्दो छ । ‘हरेक वर्ष अपराध बढिरहका छन् संगै अभियुक्तहरु पनि’–प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले भने ।
आव २०६९÷०७० मा अपराधका घटना चारहजार ३ सय ९० र त्यसअघि ारहजार ३३ अपराध भएका थिए । सबैभन्दा बढि घटना तराइमा पर्ने रुपन्देहीमा घटेका छन् । त्यसपछि कपिलवस्तु, नवलपरासी र कास्कीमा घटेका हुन् । सार्वजनिक अपराधका मुद्दा दर्ताको एक हजार सातसय २७ वटा रहेका छन् । विगतको तुलनामा मुद्दा चलाउने इकाइ संख्या बढेको र खास गरी शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सार्वजनिक अपराधमा तुलनात्मक रुपमा बढि मुद्दा दर्ता भएको भण्डारीले बताए । १६ जिल्लामा ३५ वटा मुद्दा चलाउने इकाइ रहेका छन् । अभियुक्त पक्राउ परेका मध्ये पाँचबहजार ५४ पुरुष र चारसय ८१ महिला रहेका छन् । तुलनात्मक जघन्य अपराध बिश्लेषणमा लागूऔषधका बढि छन् । अघिल्लो वर्षको तुलनामा भने मुद्दा दर्ता कमी रहेको छ । आव २०७०÷०७१ मा चारसय १६ मुद्दा दर्ता भए । त्यसअघि भने चारसय ४६ थिए । जसमा छसय ८९ पक्राउ परे ।
जसमा ३६ जना महिला तथा २४ जना विदेशी छन् । अघिल्लो वर्ष भने सातसय २ पक्राउ परेका थिए । सबैभन्दा बढि रुपन्ेदहीमा दुईसय २१, कास्कीमा ८४ र नवलपरासीमा ३८ वटा मुद्दा दर्ता भएका छन् । भण्डारीले अहिले पनि कमि मुद्दा दर्ता भएपनि जघन्य अपराधमा लागूऔषधका घटना धेरै भएको बताए । पश्चिमाञ्चलमा कर्तव्य ज्यानमा भने अघिल्लोको तुलनामा बढेका छन् । ९७ दर्ता भएकोमा अघिल्लो वर्ष ६ वटा कमी थिए । जर्वजस्ती करणीका घटना भने ह्वातै बढेका छन् । जर्वजस्ती करणीमा एकसय ६३ मुद्दा दर्ता भए जुन अघिल्लो वर्षमा भन्दा ६० वटा बढि हो । सबैभन्दा बढी कास्कीमा ३०, रुपन्देहीमा २५ र नवलपरासी र कपिलवस्तुमा १९÷१९ वटा मुद्दा दर्ता भए । ‘विशेषतः महिला हिंसा संग सम्बन्धित मानव बेच तथा ओसार–पोसार, जर्वजस्ती करणी अपराधहरु बढेका छन् अनि डांका, लागूऔषध भने घटे’–भण्डारीले भने । बहुविवाहमा ९५ वटा, जर्वजस्ती करणी उद्योगमा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्वर बढी ६० र मावन वेचविखन तथा ओसार–पसारमा ३६ वटा दर्ता भएका छन् । बोक्सीको आरोप तथा यातना बालबिबाह र घरेलु हिंसा पनि बढ्दै गएको भण्डारीले बताए ।
हातहतियार खरखजनामा ४१ वटा, अपहरण तथा शरीर बन्धकमा १० वटा अपराध भए । सवारी दुर्घटनामा मुद्दा दर्ता संख्या सवारी दुर्घटना संख्या बढेको छ । मानिसको मृत्यु र घाइते हुने घटेको हो । घाइते दुइहजार छसय २१, सवारी दुर्घटना आठसय ३० जसमा मानिसको मृत्यु पाँचसय दुई र मुद्दा दर्ता चार सय चार वटा भए । आत्महत्याको प्रवृत्ति भने बढ्दो छ । आत्महत्यामा नौसय ८५ जनाको मुत्यु भयो जसमा महिलाको संख्या चारसय ५० रहेको छ ।सबैभन्दा बढि रुपन्देहीमा एकसय ७७ नवलपरासीमा एकसय ४५ र कास्कीमा एकसय पाँच रहेको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छ । बन्द तथा चक्काजाम नियन्त्रण अघिल्लोमा भन्दा एसय ९१ प्रतिशले कमी आएको छ । अबैध भन्सार चोरी तस्करी नियन्त्रणमा नौ करोड २८ लाख ५८ हजार ६ सय १५ राजस्व संकलन भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालयको तथ्याङ्क रहेको सफल न्यूज डटकमले जनाएको छ । आफूले भनेको विषय पढ्न नमानेको भन्दै कास्कीमा एक छात्रा बलत्कारको शिकार बनेकी छन् । कास्कीको लेखनाथमा रहेको एकीकृत दृष्टिविहीन छात्रावासमा बस्ने छात्रालाई छात्राबास कै इन्चार्जले बलत्कार गरेको आरोप लागेको छ ।
छात्राबासका इन्चार्ज दण्डपाणि ढकालले कोहि नभएको मौका पारी बलत्कार गरेका हुन् । ४७ वर्षी य ढकालले ति १८ वर्षीय छात्रालाई छात्राबासको अथिति कक्षमा बलत्कार गरेको जाहेरीमा उल्लेख रहेको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए । ढकालले नेपाली विषय पढ्न भने पनि नमानेर अंग्रेजी विषय पढेपछि मैले भनेको नमान्ने भन्दै बलत्कार गरेको ति छात्राको उजुरीमा उल्लेख छ । जनप्रकाश उच्चमावि भण्डारढिकमा कक्षा ११ मा अध्ययनरत छात्रा एक महिना पहिले मात्रै होस्टेलमा आएकी थिइन । ढकाल होस्टलेका इन्चार्ज, शिक्षक र आफूपनि दृष्टिविहिन हन् । छात्रालाई भाद्र १९ गते ढकालले बलत्कार गरेका थिए । उजुरीमा छात्राले भाद्र १९ गते क्याम्पसबाट साढे तीन बजेतिर होस्टेलमा आई पढ्नका लागि बाहिर निस्किने क्रममा ढकालले जवर्जस्ती अतिथि कक्षमा लगेको उल्लेख छ । छात्रालाई ढकालले गाला मुसार्ने, सम्बेदनशील अङ्ग चलाएको र मुख थुनेर बलत्कार गरेको छात्रको उजुरीमा उल्लेख छ । बलत्कार पछि पनि अन्य दिन एक्लै भेट्ने वित्तिकै सम्वेदनशील अङ्ग चलाउने गरे पछि छात्रालाई मानसिक तनाव भएको थियो । तनाव खेप्न नसकेपछि उनले  १० दिन पछि होस्टेलमा बस्ने उनकी दिदीलाई भनेकी थिइन् ।
त्यसपछि मात्रै भदौ ३१ गते प्रहरीमा छात्राले उजुरी दिएकी हुन् । उजुरीपछि प्रहरीले ढकाललाई मंगलबार नै पक्राउ गरेको छ । उनलाई ५ देखि ७ वर्ष कैद हुन सक्ने प्रहरीले जानकारी दिएको छ । गन्थन डटकममा खबर छ ।
लागूऔषध कारोबारमा कास्की तेस्रो स्थानमा
अवैध लागूऔषधको नियन्त्रणका लागि कास्कीमा १५ दिने अभियान संचालन भैरहेको छ । लागूऔषध सेवनकर्ताहरु विभिन्न खाले अपराधमा उनीहरु संलग्न हुने भएकाले प्रहरीलाई लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । लागूऔषधको लतमा विशेष गरि १८ देखि ४० वर्ष उमेर समूहका युवायुवती फसेका छन । कास्की प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाका अुनसार कास्कीमा अन्य भन्दा लागूऔषधका मुद्धा बढि छन् ।  त्यसैले कास्की प्रहरीले टोलटोलमा वृत्तचित्र, ¥याली, स्कुलमा अन्र्तिक्र्रया लागयतका कार्यक्रम गदै आएको छ । भदौ २५ गतेदेखि शुरु भएको अभियान असोज ८ गतेसम्म जारी रहने कास्की प्रहरीले जनाएको छ । सोही अभियान अन्तर्गत कम्युनिटि सर्पोट ग्रुप र युथ भिजन काठमाडौले मंगलबार संयत्त रुपमा पोखरामा आयोजना गरेको लागूऔषध प्रयोगकर्ताको मानवअधिकार सुरक्षित गर्न वातावरण सृजना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कास्की लागूऔषधको उच्च क्षेत्रका रुपममा रहेको जानकारी दिइएको हो । गृहमन्त्रालयको तथ्याङ्कको आधारमा कास्की नेपालमै तेस्रो स्थानमा रहेको छ । अवैध लागूऔषध सेवन गर्नेहरुको संख्याका आधारमा राजधानी पहिलो र सुनसरी दोस्रो स्थानमा छन भने तेस्रो स्थानमा कास्की रहेको छ । कास्कीमा हाल लागूऔषध प्रयोगकर्ताको संख्या ६ हजार ९ सय १७ रहेको पोखरामा मंगलबार आयोजित कार्यक्रममा कम्युनिटी सपोर्ट ग्रुपमका कार्यकारी निर्देशक दीलिप गुरुङले  जानकारी दिए । त्यसमध्ये पुरुष ६ हजार चार सय १४ रहेका छन् । नेपालमा ९१ हजार लागूऔषध प्रयोगतककर्ता रहेका छन् । नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या एक सय गुण बढीले बृद्धिभएको उनले जानकारी दिए । नेपालमा ८५ हजार २०४  पुरुष र ६ हजार ३ सय ३० महिला प्रयोगकर्ता छन् । काठमाडौ तीन जिल्ला ललितपुर, भक्तपुरमा ७ हजार चार सय जना प्रयोगकर्ता रहेका छन् । यो संख्या कडा लागूऔषध प्रयोग गर्नेहरुको तथ्याङक रहेको र गाजा, रक्सी समान्य प्रयोग गर्नेहरुको संख्यालाई हेर्ने हो भने अझै बढि हुने कार्यकारी निर्देशक गुरुङले बताए । सामान्यबाट कडा खाँदै जाने अवस्था हुन्छ, त्यसले गर्दा संख्या बढदै जान्छ । उनका अनुसार लागूऔषधका क्षेत्रबाट त्यसको नियन्त्रणका लागि काम नभएको र एचआइचीसंग सम्वन्धित क्षेत्रले काम गरेको बताउँछन् । कास्कीमा लागूऔषधमा लागेकाहरुलाई छुटकारा दिलाउन पुरुषका लागि ६ ओटा पुनःस्थापना केन्द्र रहेको र
महिलाका लागि २ ओटा पुनःस्थापना केन्द्र संचालन भएका छन् । मौखिक प्रतिस्थापन विधि मेटाउन खुवाउने एउटा सेन्टर रहेको छ । ६ सय ११ जना पुनस्थापना केन्द्रमा आएको उनले जानकारी दिए । यहाँका पुनःस्थापना केन्द्रको क्षमता ५ सय र भएको र तिन महिना राखेर सुधार भए पछि घर पठाइने उनले जानकारी दिंदै हालसम्म ५ सय १९ जनालाई डिस्चार्ज गरिएको बताए । कार्यक्रममा यूथ भिजनका मनिटरिङ अधिकृत अनुप अधिकारीले प्रयोगकर्ताको संख्या धेरै रहेको बताउँदै उनीहरुलाई पुनःस्थापित हुने र सामाजिक बाच्न सक्ने वातावरण सृजना गर्नुपर्ने बताए । उनीहरुलाई आगूऔषधबाट छुटाउन आवश्यक रहेकाले जनचेतना र कानुनी प्रक्रिया बारे जानकारी गराउनु खाँचो रहेको बताए । उनले महिला पुरुषका आधारमा हुर्ने हो भने महिलाको संख्याको आधारमा पोखरा पहिलो स्थापनमा आउने बताउँदै यो १२ जिल्लामा गरिएको सर्वे अनुसार देखिएको छ । लागूऔषधमा विशेष गरि युवायुवतीहरु साथीको लहैलहैमा, मज्जा लिन, देखासिकी लगायतका कारण फस्ने गरेको तथ्याङ्कले देखाएको छ । युथभिजनका सुरेश ढुङ्गानाले लागूऔषध प्रयोकर्ताको प्रजान अधिकार, विवाहको अधिकार र सामाजिक रुपमा बाच्न पाउने अधिकार खोसिने गरेको बताउँदै उनीहरुलाई समाजमा बस्ने र अधिकार प्रयोग गर्न पाउने वातावरण सृजनाका लागि कानूनी प्रक्रियामा सुधार समाजमा चेतना आवश्यक रहेको बताए । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले लागूऔषध प्रयोगकर्तालाई कानूनले अपराधि ठहर गरेको बताउँदै आफूहरुले कानूनको कायन्वयनमा ध्यान दिएको बताउँदै रिहावमा रहेकाको पहिचान हुने व्यवस्था गर्न सके उनीहरुलाई पक्राउका क्रममा छाड्न सकिने बताए ।

Post a Comment

 
Top