0
गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्रशिक्षण अधिकृत बालकृष्ण सुवेदीले सहकारी संस्थाले समाजमा आर्थिक रुपान्तरण र सामाजिक उत्तरदायित्व पुरा गरेर समाजलाई आर्थिक सम्मुन्तको बाटो तर्फ लैजानुपर्नेमा जोड दिए । सहकारी शेयर सदस्यहरु संस्थाप्रति जिम्मेवार हुनुपर्ने सञ्चालक समितिले कर्जा प्रवाह गर्दा उचित मुल्याङ्कन  गरे सहकारी कहिल्यै पनि धरासायी नहुने धारणा सुवेदीले व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष तथा माछापुच्छे« सहकारीका प्रबन्ध सञ्चालक रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका सञ्चालक एवम् सनसाइन बचत तथा ऋण सहकारी लिमिटेडका प्रबन्ध सञ्चालक नरेन्द्र मित्रकोटी, नेपाल समाचारपत्र दैनिकका गण्डकी अञ्चल ब्युरो प्रमुख टंकराज अधिकारी एवम् संस्थाका सल्लाहकार प्रशान्तराज धमला, जिवनमित्र पण्डित लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वर्षभरी उत्कृष्ट कारोबार गर्ने संस्थाका शेयर सदस्य समन्त बज्राचार्य, उत्कृष्ट सञ्चालकको रुपमा कोषाध्यक्ष पोष्टराज भुर्तेल, तथा उत्कृष्ट कमर्चारीको रुपमा लक्ष्मी पौडेललाई समेत सम्मान गरिएको छ । कार्यक्रममा संस्थाका लेखा समिति संयोजक लोकनाथ अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए भने सञ्चालक समिति सदस्य पानादत्त पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशवराज पौडेलले गरेका थिए ।

Post a Comment

 
Top