
नेकपा एमाले कास्कीेले सन्देश सभा आयोजना गर्ने भएको छ । भदौ २८ गते पोखरामा सन्देश सभाको आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । काठमाडौमा सम्पन्न नवौ महाधिवेशनले पारित गरेका पार्टीका नीतिगत निर्णयहरु बारे कार्यकतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई एमाले अध्यक्ष एवं ससदीय दलका नेता केपी शर्मा ओली, उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, उपाध्यक्ष भीम रावल, स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी, एमाले केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, रविन्द्र अधिकारी, सिता गिरी, जुडामणि जंगली, जगत विक लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव दामोदर बैरागीले जानकारी दिऐ सभाहलमा हुने सन्देश सभामा करिब ३ हजार एमाले कार्यकताको सहभागिता रहने दावी गरिएको छ ।
Post a Comment