0
महिलाको सहभागिता, सार्वजनिक निकायहरुमा सुशासन र सूचनाको हक बिषयमा सचेत गराउँदै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने क्षमता अभिबृद्धि तालिम बुधबार पोखरामा सम्पन्न भएको छ ।
सिद्धार्थ क्लव पोखराको आयोजनामा कृस्ती र सराङ्गकोट गाविसका महिला अधिकार मञ्चका सदस्यहरुका लागि तालिममा सूचनाको हक र यसको प्रयोग, सुशासन तथा जवाफदेहिता तत्व, बिधि र प्रकृयाहरु, नागरिक बडापत्र, सामाजिक लेखाजोखा, महिला सहभागिता र महिला अधिकार लगायतका विषयमा मानव विकास मञ्चका अध्यक्ष तथा पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य शुष्मा पौडेल, मानवअधिकारबादी युवा नेता तथा अभियन्ता माधव पहारी, युवा अभियानकर्ता निल पनेरु र क्लबका कार्यक्रम संयोजक दुर्गाप्रसाद खनालले सहजिकरण गरेका थिए ।
सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष मर्सानीले क्लवले पछाडि पारिएका वर्ग र समुदायलाई केन्द्रमा राखेर हरेक क्षेत्रमा शुसासन कायम गर्न सन्देश प्रवाह गर्ने जानकारी दिए । कार्यक्रममा  सहभागीहरुले तालिमभरि सिकेका कुराहरुको सारसंक्षेप प्रस्तुत गरेको तालिमको अ कार्यक्रममा कृस्ती गाबिसका तर्फबाट लक्ष्मि जि.सी. तथा सराङ्गकोट गाविसको तर्फबाट बिन्दु थापाले ३ दिनको कार्यक्रमबाट सुशासन भन्ने शब्द पहिलो पटक सुनेता पनि अब समुदायमा गएर आ–आफ्नो तर्फबाट सूचना माग गर्नु, सार्वजानीक बिषयमा चासो राख्नु र सुझाव दिनु जस्ता काम गरे समाजमा शुसासन कायम गर्न सकिने भन्ने न्युनतम साझा बुझाई भएको र अब गाउँमा गएर आफुले शुसासन सम्बन्धी जानेका कुराहरु अरुलाई पनि सिकाउने प्रतिबद्धता ब्यक्त गरे । कृस्ती र सराङ्गकोट गाविसका महिला अधिकार मञ्चका संगठीत सञ्जालका ३० जना महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा क्लबका स्थानिय अधिकार कार्यक्रमका क्लबका कार्यसमिति सदस्य गोमा कोईराला र बाल प्रायोजन प्रमूख बलराम तिमिल्सिनाले आ–आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top