0
प्रधानसेनापति ट्रफी २०७१ ह्याण्डवल प्रतियोगिताको उपाधि नम्वर १० वाहिनी अड्डा (बिशेष फौज) ले जितेको छ । विहिबार पश्चिमपृतना पोखरामा सम्पन्न भएको फाईनल खेलमा बिषेश फौजको टोलीले हवाई सुरक्षा निर्देशनालय काठमाडांैलाई १६ को विरुद्ध ४३ बिशाल गाल अन्तरले पराजित गर्र्दै उपाधि हात पार्न सफल भएको हो । बिशेष फौजको जितमा नेपाली ह्याण्डवल टिमका कप्तान समेत रहेका अम्मर श्रेष्ठले १५ गोलको योगदान दिए ।
नेपाली सेनाले पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा नेपाली सेनाका देश भरका ११ अड्डाका टिमले सहभागिता जनाएका थिए । तेश्रो स्थानको लागि भएको खेलमा सिंग्नल निर्देशनालयले पुर्वीपृतनालाई २३–२२ को झिनो गोल अन्तरले पराजित गरी तेश्रो भयो । विजयी खेलाडीहरुको टोलीलाई पश्चिम पृतनाका निमिक्त पृतनापति कर्मेन्द्रविक्रम लिम्बु, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, केन्द्रीय सदस्य केशव पाठक, बिद्यायल ह्याण्डवल संघ केन्द्रीय उपाध्यक्ष मिन गुरुङ लगायतले ट्रफीको मेडल प्रमाण पत्र वितरण गरे । सो प्रतियोगिता १० दिनसम्म पश्चिम पृतनामा संचालन भएको हो ।

Post a Comment

 
Top