0
आवासका लागि सहयोगी समूह ‘लुमन्ती’ पोखरा र समुदायमा अगुवाईमा भौतिक संरचना निर्माण कार्यक्रम (क्लिफ) अन्तर्गत तेश्रो र चौथो चरणको परियोजना शुरु भएको छ । पोखरा उपमहानगरपालिका वडा नं. १७ को विरौटा र सीतापाइलामा तेश्रो र चौंथो चरणका परियोजना शुरु भएका हुन् । सीतापाइलामा १ सय २१ र विरौटामा ४५ घर निर्माण कार्यक्रम अगाडि बढिरहेको लुमन्ती पोखराका फिल्ड संयोजक सन्तोष जिसीले जानकारी दिए । पोखरामा क्रियाशील सञ्चारकर्मी लाई स्थलगत अवलोकन भ्रमणका क्रममा जिसीले दशैं पछाडि भौतिक संरचना निर्माणले तीव्रता पाउने बताए । लुमन्तीका प्राविधिक गणेशमान पुनले सस्तो मूल्यमा कम आय आर्जन भएका नागरिकहरुलाई लक्षित गरी आवास कार्याक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । सम्बन्धित व्यक्तिले आफूलाई मन परेको जग्गा खरिद गरेपछि घर निर्माणका लागि लुमन्तीले बैंकसँगको सहकार्यमा ४ लाख रुपैयाँ सरल व्याजदरमा कर्जा उपलब्ध गराउनेछ । लुमन्तीकै सहजीकरणमा पोखरा १४ को समावेशी टोलमा ७५ र सुन्दर टोलमा ३० वटा घर निर्माण भएका छन् । परियोजना अन्तर्गत समुदायकै अगुवाईमा पूर्वाधार निर्माणका आर्थिक सुविधा कार्यक्रम क्लिफ अन्तर्गत सस्तो सुलभ मूल्यमा आवास निर्माण गरिन्छ ।

Post a Comment

 
Top