0
नेपाल महिला संघ कास्कीकी उपाध्यक्ष एवं नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ की महाधिवेशन प्रतिनिधि कोपिला रानाभाटलाई पितृशोक परेको छ ।
उनका पिता एवं नेपाली कांग्रेस लेखनाथ नगरपालिकाका संस्थापक नगर सभापति हरिबहादुर रानाभाटको ८८ वर्षको उमेरमा बुधबार निधन भएको छ । स्व. रानाको बुधबार नै अत्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उनकी छोरी कोपिलाले दागवत्ति दिएकी थिइन । उनका कोपिलासहित दुई छोरीमात्र रहेका छन् । कोपिलाकी दिदी सुशिला रानाभाटको विवाह भैसकेको, कोपिलाको विवाह नभएका कारण कोपिला नै हिन्दू परम्परा अनुसार आप्mना पिता हरिबहादुरको काजकिरियामा बसेकी छन् । उनले यसअघि आफ्नी आमाको समेत काजकिरिया गरेकी थिइन । स्व. हरिबहादुर रानाभाटको पार्थिव शरीरमा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्व. रानाभाटको अन्तिम संस्कारमा नेपाली कांग्रेस कास्की सचिव कृष्ण केसी, नगरसभापति राजेन्द्रमणि लामिछाने, क्षेत्रीय सभापति वीर्जमान गुरुङ, क्षेत्रीय सचिव देवीजंग गुरुङ, नेता शोभियत बहादुर अधिकारी लगायत कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top