पोखरा पिस क्लवद्वारा यही भदौ २० गतेदेखि २८ गतेसम्म आयोजना गर्न गइरहेको आठौं पोखरा पिस क्रिकेट कप २०७१ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालनका लागि प्रायोजकहरु तथा सहयोगीहरु खोज्ने कार्यका साथै केही कार्यहरु मात्र बाँकी रहेको क्लवका सचिव प्रताप आचार्यले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकोले सबै उप–समितिहरुको आजसम्मको प्रतिक्रिया बुझ्न भदौ १७ गते बैठक बसी अन्तिम तयारीमा लाग्ने मूल व्यवस्थापन समिति संयोजक किरण पराजुलीले जानकारी दिए ।आठौं पोखरा पिस क्रिकेट कप २०७१ मा सहभागिता जनाउन विभिन्न क्लव, टिम तथा शिक्षण संस्थाहरु उत्साहित छन्, त्यसैले टिम दर्ताको कार्य पनि धमाधम चलिरहेको उपसमिति संयोजक श्रीराम के.सी.ले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमिले नगद रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वाधिक विकेट लिने खेलाडी, सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक छक्का हानने खेलाडीलाई जनही रु.१।१ हजार, ट्रफी र प्रमाणपत्रका साथै अन्य विधामा पुरस्कार वितरण गरिने आर्थिक परिचालन उपसमिति संयोजक सुजन बरालले बताए । प्रतियोगिता पोखरा उप–महानगरपालिका वडा नं.५ स्थित मालेपाटनको खेल मैदानमा हुनेछ ।
Post a Comment