0
म्यागासेसे पुरस्कार विजेता महावीर पुन र उनको टोलीले संगम मावि लुम्ले, ४ चन्द्रकोटको आइतबार अवलोकन भ्रमण गरेका छन् । उनीहरुले कम्प्युटर ल्याव, पुस्तकालय, कक्षाकोठा, होस्टल भवन, निर्माणधिन भवनको अवलोकन गरेका थिए । स्कुलमा १२ वर्षअगाडि वायरलेस इन्टरनेट पुनले जोडिदिएका थिए र त्यही इन्टरनेटको अवस्था हेर्न पुन बेला बेलामा स्कुल पुग्ने गरेका छन् ।
यसैबीच पुनसँग आएका अमेरिकी नागरिक निकोलसले कक्षाकोठामा गएर विद्यार्थीसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरुका समस्याबारे सोधेका थिए । निकोलसले कक्षा ९ मा अध्ययनरत ईश्वर विकको आँखाको उपचार गरिदिने प्रतिबद्धता जनाएका छन् ।

Post a Comment

 
Top