0

नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा भद्रकाली स्थित माछापोखरी खेलमैदानमा सञ्चालित प्रथम अन्तरमावि छात्रा सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत आइतबार पनि चार खेल सम्पन्न भएका छन् । आइतबार भएको पहिलो खेलमा कान्तिपुर इङ्लिस बोर्डिङ स्कुलले आदर्श बोर्डिङ स्कुललाई १–० ले पराजित ग¥यो । दोस्रो खेलमा टप्स उमाविले ज्ञानज्योति विद्याकुञ्जलाई ४–० ले पराजित ग¥यो । चिल्ड्रेन्स एकेडेमी र कान्तिपुर इङ्लिस बोर्डिङ स्कुलबीचको तेस्रो खेल गोलरहित बराबरीमा टुङ्गियो । चौथो खेलमा टप्स उमाविले आदर्श बोर्डिङ स्कुललाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो ।
लिग कमका आधारमा सञ्चालन भएको सो प्रतियोगिता अन्तर्गत तीन–तीन खेलको समाप्तिसम्म आइपुग्दा टप्स उमावि नौ अङ्कसहित शीर्ष स्थानमा छ भने कान्तिपुर चार अङ्कसहित दास्रो स्थानमा छ । यस्तै  आदर्श बोर्डिङ स्कुल तीन अङ्कसहित तेस्रो र चिल्ड्रेन्स एकेडेमी एक अङ्कसहित चौथो स्थानमा छ । तीन खेलमै हार बेहोरेको ज्ञानज्योति विद्याकुञ्ज भने अङ्कविहीन छ । सोमबार बिहानदेखि बाँकी चार खेल हुने र त्यसैको आधारमा दिउँसो ११ बजे विजेता र उपविजेता छान्दै कार्यक्रम समापन हुने प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए ।

Post a Comment

 
Top