0
पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानको आयोजनामा ३२ औं पुष्पकमल स्मृति दिवस एवं कविता वाचन कार्यक्रम रामकोट उच्च मावि हंसपुर ६ कास्कीमा सम्पन्न भएको छ ।
कार्यक्रक्रमका प्रमुख अतिथि सुकुम्बासी समस्या समाधान आयोगका राष्ट्रिय अध्यक्ष सारदा प्रसाद सुवेदीले स्व. पुष्पकमलको गोगदानको चर्चा गर्दै गण्डकी र धौलागिरीको कम्युनिष्ट आन्दोलन उनकै जगमा उभिएर अगाडि बडेको उल्लेख गरे । उनले पुष्पकमल सुवेदीले समग्रमा निष्ठाको राजनीति र इमान्दारीताको राजनीति सिकाएको उल्लेख गर्दैै उनको अनुशरण गर्नुपर्नेमा जोड दिए । स्वर्गीय पुष्पकमलकै योगदानको जगमा आँफुले पनि राजनीति गरेको स्मरण गर्दै उहाँले सुकुम्बासी समस्या समाधान आयोगमा रहेर जिम्मेवारी निर्वाह गर्दा पनि निष्पक्ष र पारदर्सी ढ्रंगले कार्यगर्ने प्रतिवद्धता जायर गरे ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका नेता रामराज रेग्मीले पोखरा लम्जुङ जोड्ने मार्गको नाम पुष्पलाल सुवेदी मार्ग नामाकरण गर्न माग गरे । उनले नेपालका सम्पूर्ण कम्युनिष्टहरु एक भएर निःस्वार्थ भावले जनताको सेवा गर्ने प्रेरणा स्व. सुवेदीबाट लिनुपर्ने धारणा राखे ।
एमाले नेता विजयबावु बनबासेले पुष्पकमल सुवेदी बोले पछि पार्ने प्रभाव कस्तो थियो भन्ने कुरा अहिले पनि उनले पढाएका र पुगेका स्थान पुग्दा प्रष्ट हुने भन्दै सुवेदीकोे जीवनशैलि अनुसरण गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानका अध्यक्ष दिवाकर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एमाले पुर्व अनुसासन आयोग सदस्य शेषमणी आचार्य, समकक्षि बनमाली सुवेदी, प्रध्यापक तारा बराल, एमाले कास्की क्षेत्र नम्बर १ का अध्यक्ष टिकाराम पंगेनी, एमाओवादी जिल्ला नेता निर्मला क्रान्ति, समकक्षि रामबहादुर अधिकारी, हम्सपुर थुम्की समाज पोखराका अध्यक्ष नवराज सुवेदी, रामकोट उच्च माविका प्राचार्य शक्रराज सापकोटा लगायत विभिन्न दलका स्थानीय पार्टी प्रतिनिधिले स्व.सुवेदीको योगदानको चर्चा गरेका थिए । सो अवसरमा स्वर्गीय सुवेदीका बहिनी इन्दु रेग्मी घनश्याम रेग्मी र नारायण सापकोटा लगायतले विभिन्न गित र कविता मार्फत पुष्पकमल सुवेदीको योगदानका बारेमा चर्चा गरेका थिए । विक्रम संबत २००६ साल चैत्र ३० गते कास्कीको हंसपुरमा जन्मिएका स्वर्गीय पुष्कमल सुवेदीको निधन २०४० साल भदौ १० गते भएको थियो ।
उहाँले पोखराको पृथ्वी नारायण क्याम्पसमा स्ववियु सभापति भएर विद्यार्थीहरुको नेतृत्व गर्नुका साथै गण्डकी धौलागिरि क्रान्तिकारी माले दल गठन गरेर क्रान्तिको विगुल फुक्नुभएको सो अवसरमा जानकारी दिइएको थियो । यसैवीच पुष्पकमल स्मृति दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय कविता प्रतियोगितामा जलेश्वर मावि थुम्कीका छात्रा अप्सरा माझी प्रथम, जलेश्वर माविकै विवेक अधिकारी द्वितीय र रामकोट उच्च माविका रोदन गुरुङ तृतीय भएका थिए ।

Post a Comment

 
Top