0

महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आज लेखनाथका विभिन्न सात ठाउमा खुल्ला तीजगीत प्रतियोगिता हँुदैछन् । केही वर्ष पहिला मुश्किलले एक दुई ठाउमा प्रतियोगीत हुदै आएको लेखनाथमा यस पटक भने नगरका विभिन्न क्षेत्रमा स्थानीय संघ सस्था, आमा समुह तथा युवा क्लवहरुवाट प्रतियोगितात्मक  कार्यक्रम राखिएको छ । लेखनाथको आर्दश युवा क्लवले तीज पर्वलाई महोत्सवका रुपमा मनाउन लागेको छ । लेखनाथको प्रश्तावीत रङशाला भण्डारढीकमा हुने कार्यक्रममा खुल्ला तीज  गीत प्रतियोगिता, युवाहरुका लागि ठेलो हान्ने प्रतियोगिता,महिलाहरुका लागि घटै फुटाउने,म्युजिकल चियर प्रतियोगिता गर्ने भएको छ ।
यसैगरि लेखनाथको अर्घांै वजार व्यवस्थापन समितीले अर्घौचोकमा फोहोरलाई मोहर वनाउ, बेरोजगारी अन्ते गरौं भन्ने मुल नाराका साथ बृहत नगर स्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ भने नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल राखीले लेखनाथको जल्धारेमा तड्क भड्क रहित तीज मनाऔ भन्दै खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । यता लेखनाथ ८ शिसुवाका व्यवसायीहरु को संगठन शिशुवा वजार व्यवस्थापन समितिले पृथक र भिन्न तरिकाले सवै प्रतियोगीहरुले एकै साथ गीत प्रस्तुत गर्ने गरि तीजगीत प्रतियोगिताको तयारी गरेका छन् भने लेखनाथ १२ खुदीको प्रगतीसिल महिला समुहले खुदी चोक,लोकसास्कृती संरक्षण समिती र उज्जोवल आमा समुह लेखनाथले वुढिबजारको सक्नेरीमा र परोपकार आमा समुह लेखनाथ १३ले तल्लो गगनगांैडामा खुल्ला तीजगीत प्रतियोगिता गर्नका लागि तयारी अगाडि वढाएका छन् ।

Post a Comment

 
Top