0
लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको तेश्रो पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पदस्थापन अधिकृत एवं  डिष्ट्रिक्ट गभर्नर भुगोल शेरचनले बर्ष २०१४÷०१५ अध्यक्ष  लायन नेत्र ज्ञवालीको कार्यसमितिलाई सपथग्रहण गराई पदस्थापन गराएकी थिइन भने क्लबमा ६ जना नबप्रवेशीलाई गभर्नरले सपथ खुवाएकी थिइन ।
गभर्नर शेरचनले लायन्समा कुनै जात जाती भाषाभाषी र लिङ्गको आधारमा भेदभाव नुहने भन्दै लायन्स क्लब सुन्दर नगरीले लायन्स क्लब नभएको जिल्ला मनाङमा लायन्स क्लब गठन गर्न लागेको भन्दै  खुशी ब्यक्त गरिन् ।
बर्ष २०१२ का चार्टर सहित २०१३÷०१४ का अध्यक्ष थिर बहादुर थापाले आफ्नो कार्यकालमा सहयोग गर्नेहरुलाई मायाको चिनो सहितले सम्मान गरे भने क्लबमा उत्कृष्ट कार्य गरेको भन्दै बेष्ट लायन्स अफ द इयर बाट लायन पदम बहादुर ढकाल सम्मानित भए । अध्यक्ष थापाले बर्ष २०१४÷०१५का अध्यक्ष नेत्र ज्ञवालीलाई  लायन परम्परा अनुसार नै पदहस्तान्तरण गरे ।
कार्यक्रममा इमिडेट पास्ट मल्टिपल काउन्सिल चेअरपर्सन दिपक श्रेष्ठले लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको लायनहरुको भावना सुन्दर भएकोले क्लब तीन बर्षमै धेरै अगाडि बढेको बताए । पास्ट मल्टिपल काउन्सिल चेअरपर्सन प्रेमबहादुर श्रेष्ठले साना दिल भएकाहरु पनि लायनमा लागेपछि फराकिलो मनहुने गरेको भन्दै लायनमा लाग्नेहरु सहयोगी हुने बताए । कार्यक्रममा पास्ट डिष्ट्रिक्ट गर्भनर योगेन्द्र प्रधान, सेकेन्ड भाइस डिष्ट्रिक्ट गर्भनर बालकृष्ण बुर्लाकोटी, जोनचियर पर्सन योगराज पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा  लायन बर्ष  २०१४÷ ०१५ का अध्यक्ष लायन नेत्र ज्ञवालीले आफ्नो क्लबको तर्फ बाट दैवीप्रकोप कोषको लागि १५ हजारको चेक हस्तान्तरण गरे भने १० जनाले एन एल एफ् ,४ जनाले पिएनएलएफ र आफूले एम. जेएफ. दिने घोषणा गरे । यस्तै उनले आफ्नो कार्यकालमा पनि अघिल्ला बर्षमा भएका कार्यक्रम लाई निरन्तरता दिने बताए । कार्यक्रमको शुरुमा २०१३÷०१४ का अध्यक्ष थिर बहादुर थापा र पद हस्तान्तरण पछि नेत्र ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव महेश पौडेलले गरेका थिए ।

Post a Comment

 
Top