0
हेमजा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो हेमजा ८८.५ मेघाहर्जले तीजको अवसर पारेर प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७१ गर्ने भएको छ । साहित्य, कला र सस्कृतिको संरक्षण गरांै, खुल्ला तीज गीत प्रतियोगितामा सहभागि वनौ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिता भदौ ११ गते दरखाने दिन रेडियोकै प्राङ्गाणमा गरिने रेडियोले जनाएको छ । नेपाली मौलिक संस्कृतिलाई जर्गेना गरी त्यसको प्रवद्र्धन र सम्र्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रेडियोका प्रवन्ध निर्देशक अर्जून पौडेलले जानकारी दिए । प्रतियोगितामा करिव ४० टिमको सहाभागि हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको रेडियोले प्रत्यक्ष प्रसारण समेत गर्ने छ ।  प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक लाख २१ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई चार हजार र सान्त्वनालाई दुईहजारको व्यवस्था गरिएको छ ।

Post a Comment

 
Top