0

पोखरा उपमहानगरपालिका वडा नं. १३ मौलामार्गमा चौथो साधारणसभा तथा अधिवेसन अध्यक्ष चेत बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा उपाध्यक्ष बुद्धिजंग गुरुङ्ग, ढाका मोहन गौतम र सल्लाहाकार तथा समाजसेवी दिपक तामाङ्ग, कुम तामाङ्ग, अध्यक्ष चेत बहादुर नेपाली,  सचिव जैनव खातुन लगायतले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए । अधिवेशनले अध्यक्ष जैनव खातुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष लेख बहादुरगुरुङ्ग, सचिव समिउन निशा, कोषाध्यक्ष रोश्नी श्रेष्ठ, सदस्यहरु प्रितम गुरुङ्ग, दुमान गुरुङ्ग, मोहम्मद दिन मियाँ, शान्ति परियार, बुद्धिकुरी गुरुङ्ग, उषा नेपाली रहेका छन् । यस्तै मौला मार्ग पूर्वाधार विकास उपभोगक्ता ५ सदस्य समिति निर्माण गरिएको छ । समितिको संयोजन चेत बबहादुर नेपाली, कुम तामाङ्ग, दीपक तामाङ्ग, बुद्धिजंग गुरुङ्ग, ढाका मोहन गौतम रहेका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष कुम तामाङ्गको संयोजकत्जमा बनेको तीन सदस्यीय निर्वाचन समितिमा दिपक तामाङ्ग र ढाका मोहन गौतम रहेका थिए ।

Post a Comment

 
Top