0
अद्धैत संस्था नेपालले शुक्रबार मासिक सत्संग एवं ज्ञान महायज्ञ आयोजना ग¥यो । पुष्करेश्वर महादेव मन्दिर मासबारमा आयोजित कार्यक्रममा स्वस्ति वाचन, माल्यार्पण, अमृत वचन, गुरुवन्दना गरिएको थियो । कार्यक्रमको उद्घाटन अञ्चल कार्यालयका  निर्देशक रामचन्द्र महतले गरेका थिए । त्यस अवसरगीतामृत वाचन गर्दै ब्रह्मज्ञानी गुरुदेव डा. क्षितिशचन्द्र चक्रवर्तीले ईश्वर शक्तिशाली भएकाले जे पनि गर्न सक्ने, मानिसले सधैं ईश्वरलाई मनन गरे पुण्य मिल्ने बताए । अद्धैत संस्थाका शाखा प्रमुख विष्णुहरि वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी अञ्चल प्रमुख धनप्रसाद गुरुङ, बलराम आचार्य, चतुर्भुज शर्मा, डम्बर बहादुर खत्री, मित्रलाल पहारी, ठाकुर पहारी, गोपाल पहारी, ठानप्रसाद काफ्ले, टंकमान नापित, सीता पहारी, वन्दना पहारी, गोपाल पहारी, टेकनाथ पौडेल, मायादेवी पौडेल, सावित्री पौडेल, विष्णु पौडेल, केशकुमारी सुवेदी, राधा बराल, नुत्रावती पोखरेल, ईन्द्रावती आचार्य, गोमा पौडेल, चन्द्र पौडेल, पार्वती थापा, सुशिला बोगटी, रेनुका बस्नेत, सावित्री बस्नेत, मिठु गिरी लगायतले पारायण गरेका थिए । कार्यक्रममा पुष्केश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर बराल र मित्रलाल पहारीको पनि सहभागिता रहेको थियो ।

Post a Comment

 
Top