0
 स्थानीय श्रृंङा यातायात व्यवसायी समितिको निर्वाचित पदाधिकार तथा सदस्यको सपथ ग्रहण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । १६ औं अधिवेशनबाट हालै निर्बाचित अध्यक्ष केदार पौडेल लाई निर्वाचन अधिकृत मदन प्रसाद तिवारीले सपथ गराएका थिए भने पदाधिकारी सहित सदस्यहरुलाई अध्यक्ष केदार पौडेलले सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले यातायात ब्यवसायी र प्रहरी लाई जनताले हेर्ने दृष्टिकोण एउटै भएको भन्दै जनताको मनजित्ने खालको काम गर्न आग्रह गर्दै यातायात व्यवसायीले यात्रुलाई सेवा सुविधा दिने तर्फ ध्यान दिनु पर्ने बताए । कार्यक्रममा एमाओबादीका जिल्ला सहसेक्रेटरी धर्म तमु, एमालेका सचिवालय सदस्य युवराज पौडेल, कांग्रेसका जीतबहादुर गुरुङ, माओवादीका सह–सेक्रेटरी कृष्ण वाग्ले रुपेश, नेपाल यातायात राष्ट्रिय व्यसायी महासंघ क्षेत्रीय संयोजक धर्मराज अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, निर्वाचन समितिका सदस्य सुर्यमणि लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रम निर्वाचन अधिकृत मदन प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top