0
दुई बर्षको उमेरमा ड्रम सेट बजाएर ट्यालेन्ट विधामा वल्र्ड रेकडर्स कायम गरेका पोखरा रानीपौवाका उत्प्रेम जेजिजू र नेपाली साईकलिष्ट शम्सेर बहादुर लम्साललाई आईतबार भारतमा युनिक वल्र्ड रेकडर्सको प्रमाण पत्र प्रदान गरिएको छ । लम्सालले २५ घण्टासम्म निरन्तर रुपमा साईकल चलायर वल्ड रेकर्ड कायम गरेका हुन । भारतको पन्जाव भाटईण्डिया शहरमा आयोजना भएको कार्यक्रममा पन्जाव वछिन्दाका मुख्य संसदीय सचिव (मन्त्री) सरुप चंक ंिसगलाले उत्प्रेमलाई मेडल लगाई दिएको, रेकर्ड अफ दी होल्डर्सका प्रवन्ध निर्देशक सववी मंगलले प्रमाणपत्र प्रदान गरेको भारतबाट टेलिफोन मार्फत उत्प्रेमका बाबु गायक विनित जोजिजूले बताए ।

Post a Comment

 
Top