0
१४९ औँ मोतिजयन्तीको पूर्व सन्ध्या एवं शैक्षिक सिर्जना द्वैमासिक पत्रिकाको ५०औँ अंक सफलतापूर्वक प्रकाशन भएको अवसरमा सैनिक आवासीय महाविद्यालय, पोखरामा  कवि गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रमकोृ उद्घाटन गर्दै संस्कृतिकर्मी प्राज्ञ तीर्थ श्रेष्ठले यस महाविद्यालयले गर्ने गरेका विभिन्न रचनात्मक कार्यक्रमको प्रशंसाका साथै कविता रचना गर्न स्वतन्त्र मन र दृढ इच्छाशक्ति हुनुपर्ने बताए । कार्यक्रममा सह–प्रा.डा.लक्ष्मीशरण अधिकारीले ‘कविताको संरचना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कास्की जिल्लाभरका विभिन्न विद्यालयका प्रतियोगीहरुका बीचमा सम्पन्न प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय,पोखराका छात्र संन्दिप दाहालको ‘म, भिखारीहरुकी आमा’ शीर्षकको कविता प्रथम भएका थियोे । त्यसैगरी कुमुदिनी होम्सकी छात्रा स्वीकृति अधिकारी  द्वितीय, कास्की मोर्डनाइज्डकी सुष्मा श्रेष्ठ तृतीय र लेखनाथ मेमोरियलकी छात्रा प्रमिशा राणाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा कवि एवम् समालोचक जगन्नाथ रेग्मी, सुरेश रानाभाट र गेहेन्द्रमान उदास निर्णायकको रुपमा रहेका थिए । महाविद्यालयका निमित्त सम्पर्क अधिकृत सह–सेनानी जयाप्रभा के.सीको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल खेमराज देवानले प्रमुख अतिथि लगायत उपस्थित सबैलाई मन्तव्यद्वारा धन्यवाद ज्ञापन गरेका थिए । साथै कार्यक्रमको महत्व र शैक्षिक सिर्जना पत्रिकाका गतिविधिको बारेमा प्रधान सम्पादक तुलसी ‘प्रवास’ले प्रकाश पारेका थिए । कवि ईश्वरमणि अधिकारी, दीपक समीप, गनेश पौडेल, जगन्नाथ रेग्मी, पदमराज ढकाल, सरस्वती श्रेष्ठ ‘सरु’, खेमराज देवान, तुलसी प्रवास, सुरेश रानाभाट, रुपिन्द्र प्रभावी ‘कटु’, सञ्जीव पौडेल लगायतका पोखरेली दर्जनाँै कविहरुले कविता वाचन गरेको उक्त कार्यक्रममा महाविद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा नयाँ गोरख गणका गणपति प्रमुख सेनानी सुनिलसिँह राठौरको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन महाविद्यालयका नेपाली विषय शिक्षक एवम् शैक्षिक सिर्जना पत्रिकाका प्रधान सम्पादक तुलसी ‘प्रवास’ खनालले गरेका थिए भने संचालन सम्पादक उपेन्द्र पौडेलले गरेका थिए ।

Post a Comment

 
Top