0
नेशनल प्याब्सन कास्कीद्वारा आयोजित १०औं अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता कास्की मोर्डनाइज्ड एकेडेमीको सभाहलमा सम्पन्न भयो । नेशनल प्याब्सन कास्कीमा आवद्ध ४० सदस्य विद्यालयहरुबीच सम्पन्न उक्त प्रतियोगिताको अवसर पारेर प्रवेशिका परीक्षा २०७० मा उत्कृष्ट विषय शिक्षक तथा विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा अंग्रेजीतर्फ अजय थापा आदर्श बोर्डिङ्ग स्कूल, नेपालीतर्फ शिवलाल उपाध्याय कास्की मोर्डनाइज्ड एकेडेमी, गणिततर्फ याद बहादुर अधिकारी कास्की मोर्डनाइज्ड एकेडेमी, विज्ञानतर्फ विनोदराज आचार्य अक्सफोर्ड एकेडेमी, सामाजिकतर्फ मिनप्रसाद तिवारी ज्ञानज्योति विद्याकुञ्ज, जनसंख्या तथा वातावरण तर्फ विजयराज अधिकारी आदर्श बोर्डिङ्ग, लेखातर्फ विश्वमोहन पौडेल ज्ञानज्योति विद्याकुञ्ज, कम्प्युटर तर्फ अमृत पौडेल कास्की मोर्डनाइज्ड, ऐ.गणित तर्फ भूमिराज अधिकारी अक्सफोर्ड एकेडेमी रहेका थिए भने विद्यार्थीको छात्रतर्फ आकाश पौडेल, युनिभर्स बोर्डिङ्ग स्कूल र छात्रातर्फ सरिता तिवारी, युनिभर्स बोर्डिङ्ग स्कूल रहेका थिए । नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षता तथा कास्की जिल्लाका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संयोजक नारायणप्रसाद पाण्डे लगायतले मन्तव्य राखेका थिए । विद्यार्थीहरुको आकर्षक नृत्य समेत प्रस्तुत उक्त प्रतियोगितामा प्रथम शान्तिवाटिका बोर्डिङ्ग स्कूल, द्वितीय राइजिङ्ग स्टार एकेडेमी, तृतीय त्रिवेणी पब्लिक स्कूल र सान्त्वना कास्की मोर्डनाइज्ड एकेडेमीले प्राप्त गरेका थिए ।  कार्यक्रमको संचालन सदस्य प्रकाश अधिकारी र व्यवस्थापन संयोजक सदस्य संजय पौडेलले गरेका थिए ।
यसैगरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीको वार्षिक कार्यतालिका अनुसार अङ्ग्रेजी विषयको वर्ड पावर कन्टेस्ट सुरु भएको छ  ।  प्रतियोगिताको पहिलो छनोट र क्वाटर फाइनल शुक्रबार सम्पन्न भएको छ ।
क्वाटर फाइनलका विजयता एवं सेमी फाइनलका प्रतियोगिहरु मदरल्याण्ड उ.मा.वि.की छात्रा सन्ध्या खनाल र आयुष्मा बराल, पोखरा एकेडेमीका छात्र रक्षक के.सी. र प्रभात तिमिल्सिना, प्रगति बोडिङकी छात्रा सुम्नीमा तिवारी, केफ उ.मा.वि.की छात्रा नम्रता पराजुली, म्यारी गोल्ड बोडिङका छात्र अमन उल्ला र तुफान गुरुङ, रेन्वो एकेडेमीक उ.मा.विका छात्र सिमन गुरुङ र छात्रा सोनिया गुरुङ, स्टेपवाइ स्टेपका छात्र सिजन लामिछाने, फिस्टेल उ.मा.विकी छात्रा सन्ध्या श्रेष्ठ, न्यू एरा उ.मा.वि.की छात्रा मौसमी लामिछाने, शिशु निकेतन उ.मा.विका छात्र जनिफर भट्टराई, पश्चिमाञ्चल उ.मा.वि.की छात्रा सोनु थापा गुरुकुल विद्याश्रमकी छात्रा सदिक्षा, फेवा पब्लिककी छात्रा प्रितिक्षा मरासनी र छात्र अभिमत क्षेत्री, न्याशनल इन्भेष्टिभ उ.मा.वि.का छात्र दिवाकर दाहाल र छात्रा अपेक्षा थापा, हिमाञ्चल बोर्डिङकी छात्रा पूजा शर्मा र बन्दना गुरुङ, सनफ्लावर बोर्डिङका छात्र अमृत तिमिल्सिना, विद्या निकेतनका छात्र सागर थापा, पास्कल एकेडेमीकी छात्रा अलिसा कार्की र अन्जिला बुढागामी, ग्लोबल कलिजिएटकी छात्रा विवेचना, भानुभक्त आ.वि.का छात्र चचिृत देवकोटा र छात्रा जस्ना थापा, शान्ति निकुञ्ज उ.मा.वि. की छात्रा निरिसा बराल, सिद्धार्थ बोर्डिङकी छात्रा अनुक्षा थापा र मनकामनाका अनुनय बराल रहेका छन् । उक्त वर्ड पावर कन्टेस्टका संयोजक प्याब्सन कास्कीका कार्यसमिति सदस्य समेत रहेका शेरबहादुर क्षेत्री थिए ।

Post a Comment

 
Top