0
कास्कीको लेखनाथ–१३ राजाको चौतारास्थित युनिभर्स ईङलिस बोर्डिङ स्कूलमा तहगत रुपमा छुट्टाछुट्टै खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयको बार्षिक कार्यतालिकाअनुसार सबै तहमा इनडोर गेमहरु खेलाइएको हो । जसअन्तर्गत प्राथमिक तहमा स्नेकल्याडर लुडो खेल खेलाइएको थियो भने निम्नमाध्यमिक तहमा टेबलटेनिस प्रतियोगिता गराइएको थियो । त्यस्तै गरेर माध्यमिक तहका लागि भने बुद्धिचाल अर्थात चेस खेल खेलाइएको हो । यसैबीच विद्यालयका प्रिन्सिपल हरिप्रसाद धमला र निर्देशक रामप्रसाद शर्मालाई २०७० सालको एस एल सी परीक्षामा विद्यालयले छात्र र छात्रा दुवैतर्फ सर्वोत्कृष्ठ अङ्क ल्याएको हुँदा नेशनल प्याब्सान कास्कीले भव्य सम्मान गरेको शिक्षक प्रदिप पोख्रेलले बताए ।

Post a Comment

 
Top