0
लेखनाथ नगरपालिका वडा नं. १२, खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर बोर्डिङ स्कुलमा नियमित रूपमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालनको क्रममा वर्ड पावर प्रतियोगिता सम्पन्न भयो ।  निम्न माध्यमिक तहमा सञ्चालित उक्त प्रतियोगिता मा ५२ जना विद्यार्थी छात्र–छात्राहरुको सहभागिता रहेको थियो । जसमा सुदर्शनराज कँडेलले प्रथम स्थान प्राप्त गर्न सफल भए भने पवन मल्ल र प्रतिक बाबु भण्डारीले द्वितीय स्थान, उज्ज्वल विक्रम विश्वासले तृतीय स्थान र भुवन पुन र अल्ड्रिन सिंह ठकुरीले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । उक्त कार्यक्रमको संयोजन शिक्षक प्रेम बहादुर बुढाथोकीले गरेका थिए ।

Post a Comment

 
Top