0
लायन्स क्लब अफ पोखरा समर्पणको १०औँ एवम् लायन्स क्लब अफ पोखरा डल्फिनको लागि प्रथम पदस्थापना कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । २०१४÷१५ का लागि दुवै संस्थाको सयुक्त पदस्थापन कार्यक्रम भएको थियो ।
समपर्ण लायन्सको नवनिर्वाचित अध्यक्ष बिन्दु श्रेष्ठ, निवर्तमान अध्यक्ष बेल कुमारी पराजुली, संस्थापक अध्यक्ष अर्जना प्रधान, प्रथम उपाध्यक्ष आभा जोशी, द्वित्तीय उपाध्यक्ष शक्ति प्रधानाङ्ग, सचिव लक्ष्मी मल्ल, कोषाध्यक्ष निर्मला श्रेष्ठ, सहसचिव भावना बसेल, सह कोषाध्यक्ष सरसिज पालिखे, जनसम्पर्क अधिकारी शान्ति श्रेष्ठ, सदस्यता निर्देशक सपना गुरुङ्ग, स्वास्थ्य निर्देशक अर्चना कर्माचार्य, अर्थ निर्देशक शान्ता श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्देशक आभा मल्ल, वातावरण निर्देशक रीता कोइराला, सामुदायिक निर्देशक ईश्वरी श्रेष्ठ, टेमर शर्मिला श्रेष्ठ, टेल टुइस्टर, अम्बू कर्माचार्य र सम्पादक मिना लाभाजूलाई पदस्थापन गराइएको थियो । 
यसैगरी हालै गठन भएको डल्फिन लायन्सको अध्यक्षमा राम बहादुर बयलकोटी चयन भएका छन् । समितिको प्रथम उपाध्यक्षमा गोबिन्द बहादुर शाही, द्वित्तीय उपाध्यक्षमा ठाकुरप्रसाद पन्त, तृतीय उपाध्यक्षमा बिन्दुप्रसाद सुवेदी, सचिवमा तिलक प्रसाद तिवारी, सहसचिवमा प्रधानलाल श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप तिवारी, सहकोषाध्यक्षमा सुरेश लामिछाने,  जनसम्पर्क संयोजकमा गोविन्द बहादुर खड्का, स्वास्थ्य संयोजकमा उमेशचन्द्र देवकोटा, शिक्षा संयोजकमा कृष्ण कुमार श्रेष्ठ, सचेतकमा यादव कुमार श्रेष्ठ र संरक्षकमा नबिन अधिकारी रहेका छन् । दुवै लायन्सका नयाँ पदाधिकारीलाई लायन्स क्लब अफ ३२५ बी १ नेपालकी डिष्ट्रिक्ट गर्भनर भूगोल शेरचनले   पदस्थापन गराएकी थिइन् ।
समर्पण लायन्सकी अध्यक्ष बेल कुमारी पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भूगोल शेरचनले पोखराका लायन्स क्लवहरुले उत्कृष्ट काम गर्दै आएकाले पोखरामा विशेष कार्यक्रम लिएर आउने प्रतिबद्धता गरिन् । त्यस अवसरमा बोल्दै अध्यक्ष पराजुलीले सम्पूर्ण सदस्यहरुको महत्वपूर्ण सहयोगले आफ्नो कार्यकाल सफल भएको बताइन । आफ्नो कार्यकालमा गर्ने  कार्यक्रम सार्वजनिक गर्दै समर्पण लायन्सकी नवनिर्वाचित अध्यक्ष विन्दू श्रेष्ठले रु. ५१ हजारको विन्दु–गोपी, २५ हजार ५० रुपैयाँको प्रतिमा श्रेष्ठ र २५ हजार ५० रुपैयाँ कै समुन्द्र हिराचन गरी तीन छात्रवृत्ति अक्षयकोष स्थापना भएको घोषणा गरिन् । साथै डागर स्मृति प्रतिष्ठानको अक्षयकोषका लागि रु. पाँचहजार पाँच सय ५५ रुपैयाँ संस्थाकी अध्यक्ष रमा प्रासरलाई हस्तान्तरण गरिन् ।
कार्यक्रममा डल्फिन लायन्सका अध्यक्ष बयलकोटीले समेत क्लवको भावी कार्यक्रम सार्वजनिक गरेका थिए । समर्पण लायन्सकी रमा प्रासरले आफ्नो कविता मार्फत सहभागीहरुलाई स्वागत गरेकी थिइन अर्चना कर्माचार्य र शक्ति प्रधानले क्लवका गतिविधि बारे चर्चा गरेका थिए । यसैगरी समर्पण लायन्सले सहकोषाध्यक्ष सरसिज पालिखेको सम्पादकत्वमा प्रकाशन गरेको स्मारिका समेत त्यस अवसरमा लाकार्पण गरिएको थियो ।
यसैगरी लायन्स क्लब अफ पोखरा सेती गण्डकीको ११औं पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । मल्टिपल काउन्सिल चेअर पसर्न भरत ढुंगेलले लायन्स क्लबहरुको पदस्थापन नियमित कार्य भएको  बताउँदै दोश्रो विश्वयुद्धमा परेकाहरु लाई सेवागर्ने उद्देश्यले लायन्स क्लबको स्थापना भएको र हाल विश्वमा २७ हजार पाँच सय क्लब रहेको जानकारी दिए । कार्यक्रममा निर्वाचन अधिकृत एवं डिष्ट्रिक्ट गभर्नर भुगोल शेरचनले बर्ष २०१४ ÷१५का पदाधिकारीलाई पदस्थापन गराइन । त्यस अवसरमा बोल्दै उनले लायन्स क्लबमा महिलाहरुको सख्या ३० प्रतिशत भन्दा कम रहेकोले महिला र युवाहरुको क्षमता अभिबृद्धिमा आफ्नो कार्यकालमा काम गर्ने बताइन । यसैबीच दैवी प्रकोप पीडितका लागि डिष्ट्रिक्टले स्थापना गरेको कोषमा सेती गण्डकी लायन्सले १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने अध्यक्ष निर्मला मल्लले बताइन । सोही कोषमा शिवलाल मल्लले पनि १० हजार १ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । यस्तै क्लबका संस्थापक अध्यक्ष प्रमिला श्रेष्ठले गत बर्ष स्वर्गीय छोरी एलिजा श्रेष्ठको नाममा रु एक लाखको एलिजा स्मृति अक्षयकोषको स्थापना गरेकोमा मनोहर श्रेष्ठले यस बर्ष २५ हजार थप गरिदिएका छन् । यसै विच क्बलले यस बर्ष  एलिजा छात्रबृति विन्दवासिनी उच्च माविमा अध्ययनरत विधार्थी जमुना थापालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा पास्ट मल्टिपल काउन्सिल चेअर पसर्न पे्रम बहादुर श्रेष्ठ, गिरिधारी शर्मा ,फष्ट भाइस डिष्टिक्ट गर्भनर  धु्रव बहादुर थापा, प्रीति श्रेष्ठका श्रीमान मनोहर श्रेष्ठ ,निर्मला मल्लका श्रीमान शिवलाल मल्ल गोल्डेन चौतारीका संस्थापक अध्यक्ष  दिनबन्धु पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सचिव मिलन थापा र कोषाध्यक्ष दुर्गा शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । पद हस्तान्तरण पछि निर्मला मल्लको अध्यक्षतामा भएको कार्यक्रमको  संचालन सचिव विष्णु पौडेलले गरेकी थिइन । अध्यक्ष मल्लले आफ्नो एक बर्षे कार्यकालमा महिला निःशुल्क स्वास्थ्य शिविर  , महिला सशक्तिकरण सहित १७ वटा कार्यक्रम गर्ने बताइन ।

Post a Comment

 
Top