0
लेखनाथ नगरपालिका वडा नं. १२, खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर बोर्डिङ स्कुलमा नियमित रूपमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालनको क्रममा अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।  प्राथमिक तहमा सञ्चालित प्रतियोगितामा ४४ जना विद्यार्थी छात्र–छात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा अंकिता आचार्यले प्रथम स्थान प्राप्त गर्न सफल भएकी छिन् भने अञ्जन भुजेलले द्वितीय स्थान, स्मृती तिमिल्सेनाले तृतीय स्थान र भूमिका बसौलाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । कार्यक्रमको संयोजन शिक्षिका मञ्जु बि.क.ले गरेकी थिएन ।

Post a Comment

 
Top