0
पोखराको बागबजार कच खलले नेवा खल कास्कीको सम्मानमा स्वागत तथा भेटघाट हालै सम्पन्न भएको छ । कार्यक्रममा नेवा खल कास्कीका नयाँ कार्यसमितिलाई बागबजार कचा खलका तर्फबाट फेटा र माला लगाएर सम्मान गरियो । भिमसेन टोल स्थित नेवा छे को भवन सम्पन्न गर्न बागबजार टोलासीका तर्फबाट २ लाख ९९ हजार १ सय २० रुपैयाँ तथा डा. जगदिश लाल बैद्यको तर्फबाट १ लाख रुपैयाँ बागबजार कचा खलका अध्यक्ष सुविन्द्र श्रेष्ठले नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुल नेवा समुदाय एक जातिमात्रै नभई एउटा सभ्यता पनि भएकाले यसका संस्कार सस्कृतिलाई जर्गेना गर्नुपर्नेमा जोड दिएका थिए । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, उपाध्यक्षद्धय तीर्थ श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ, मिसा पुच कास्कीका अध्यक्ष शान्ति उदास, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, बागबजार कचा खलका अध्यक्ष सुविन्द्र श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । सो अवसरमा बागबजार कचा खल तथा बागबजार मिसा पुच समेत गठन गरिएको छ । कचा खलमा सुविन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा रमेश श्रेष्ठ, महासचिव शंकर ताम्राकार, कोषाध्यक्ष शरण श्रेष्ठ, सहसचिव किनस श्रेष्ठ, सदस्यहरुमा सुरेश श्रेष्ठ, मिम श्रेष्ठ, राजकुमार श्रेष्ठ, पुरुषोत्तम मानन्धर, चीन बहादुर साई र बिजय बजिमय रहेका छन् ।
यसैगरि मिसा पुचमा मिना प्रचानको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा मन श्रेष्ठ, सचिवमा रेखा ताम्राकार, कोषाध्यक्षमा सुमत्रा बज्राचार्य छन् । कमिटीको सदस्यहरुमा सम्झना श्रेष्ठ, सरिता श्रेष्ठ, तारा श्रेष्ठ, सिर्जना श्रेष्ठ, उषा श्रेष्ठ र जमुना श्रेष्ठ रहेको नेवा खल कास्कीका महासचिव प्रदिप रञ्जितले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बागबजार कचा खलका अध्यक्ष सुबिन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शंकर ताम्राकारले गरेका थिए ।

Post a Comment

 
Top