0

लायन्स कल्व अफ पोखरा फेवा फिस्टेल सिटीको आयोजनामा पोखरा उपमहानगरपालिका–६,जरेवर स्थित प्रगति मार्ग टोल विकास संस्था अन्तरर्गत पर्ने सडकको दाया बाया वृक्षारोपण गरेको छ । लायन्स कल्व अफ पोखरा फेवा फिस्टेल सिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि लायन्स कल्व ३२५ बी १ गर्भनर भूगोल शेरचनले रुद्राक्षको विरुवा सारेर वक्षारोपण कार्यक्रमको उद्घाटन गरेकी थिइन । रुद्राक्ष, कपुर, पारिजात, गुल्महर, राजवृक्ष लगायत विभिन्न जातका एक सय दुई बिरुवा रोपिएको थियो । त्यस अवसरमा बोल्दै गभर्नर शेरचनले पोखरा आफैमा सुन्दर शहर झन पोखराको मुख्य पर्यटकीय छेत्र लेकसाईडलाई अझै सुन्दर र स्वच्छता बनाउन वृक्षारोपण कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । कार्यक्रममा अध्यक्ष बाबुराम अधिकारीले वृक्षारोपणका लागि हरियो बन कार्यक्रम पोखराले ८० थान ट्रिगार्ड उपलब्ध गराएको बताउँदै रोपिएका बिरुवाको संरक्षण गर्न स्थानीय बासीन्दा संग अनुरोध गरे । कार्यममा चार्टर प्रेसिडेन्ट एकनारायण ढकाल, टोल विकास संस्था अध्यक्ष गणेश ढकाल लगायतले बिरुवा रोप्नु ठुलो कुरा नभएको यसको संरक्षण गर्नु ठूलो कुरा भएको बताउँदै बिरुवको संरक्षण गर्नमा नै जोड दिएका थिए ।  कार्यक्रममा स्वागत मन्तब्य द्वितीय उपाध्यक्ष इ.सुरेन्द्र पौडेलले गरेका एि भने संचालन सचिब रामचन्द्र बरालले गरेका थिए ।

Post a Comment

 
Top