0
पृथ्वीराजमार्ग बस समितिको ४४औ साधरणसभा यही साउन २८ गते पोखरामा हुँदैछ । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।
पोखरा सभागृहमा हुने साधरणसभाको उद्घाटन उप–प्रधान तथा गृहमन्त्री बामदेब गौतमले पोखरा सभागृहमा गर्नुहुने समितिका अध्यक्ष ऐन कुमार साइले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । अध्यक्षका साइका अनुसार साधरणसभाको सम्पूर्ण तयारी पुरा भएको छ । नयाँ नेतृत्व समेत चयन गर्ने समितिको अधिवेशनमा विभिन्न इकाइका गरी करिब साँढे ११ सय प्रतिनिधि सहभागी हुनेछन् । साउन २८ गते उद्घाटन समारोह हुने र २९ गते नयाँ नेतृत्वका लागि चुनाब हुने कार्यक्रम रहेको छ ।
अध्यक्ष पदमा लागि अहिले सम्म वर्तमान अध्यक्ष ऐनकुमार साइ बाहेक अरुले दाबी गरेका छैन । “अध्यक्षमा साइनै निर्विरोध हुने संभावना छ । पदाधिकारीमा पनि पहल भइरहेको छ, सम्भवत निर्विरोध हुन्छ ।” समितिका एक सदस्यले भने–“सदस्य पदमा भने अहिलेनै भएका नौ जना सहित अरु पनि आकांक्षी थपिएकाले चुनाव हुने लगभग निश्चित छ ।

Post a Comment

 
Top