0
संचारीका समुह र नारी सेवा समितिले अपांगता महिला सम्मान एवं तीज विशेष कार्यक्रम २०७१ गर्ने भएको छ । महिलाहरुको महानपर्व हरीतालिका तीजको अवसर पारेर फरक क्षमता भएर समाजका सबल व्यक्तिले भन्दा उत्कृष्ट काम गरीरहेका विभिन्न क्षेत्रका ५ जना अपांगता महिलालाई भाद्र ६ गते एक समारोह बीच सम्मान गर्न गइरहेको नारी सेवा समितिकी अध्यक्ष सिता बरालले जानकारी दिएकी छिन् । नेत्रहिन, बहिरा, शारीरिक अपांग भएर पनि सामाजिक रुपमा विशिष्ट योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरीने छ । सो कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट महिलाहरुको सहभागिता समेत रहने छ । अपांगता भएर पनि घर गृहस्थी संहालेका दिदिबहिनी पक्कै समाजका उदाहरणीय पात्र हुन् । तसर्थ तीजको यो अवसरमा उनीहरुको साहस र आत्मविश्वासको कदर गर्दै सम्मान कार्यक्रमको आयोजना गर्न लागिएकोे संचारीका समुह पश्चिमाञ्चल उपाध्यक्ष एवं कार्यक्रम संयोजक जमुना वर्षाले जानकारी दिइन् ।
संचारको क्षेत्रमा २०५३ सालमा स्थापना भएको संचारीका समूहले मुलतः संचार क्षेत्रमा महिलाहरुको पेशागत र भौतिक सुरक्षाको लागि आवाज उठाउँदै आएको छ भने पछिल्लो समयमा लैगिक समानताका लागि महिलाहरुका विविध मुद्दामा वकालत गर्दै आइरहेको छ ।
     त्यसैगरीनारी सेवा समितिसामाजिक उत्तरदायीत्वको भावनाले अभिप्रेरित भई ‘हामी नारी एक हौ’ भन्ने नाराका स्थापना भएको संस्था हो । सामाजिक क्षेत्रमा महिलाहरुको सहभागितालाई  जोड दिदै महिलाहरुको नेतृत्व र व्यत्तित्व विकासका माध्यमबाट सामाजिक क्षेत्रमा क्रियाशिल बनाउने उद्देश्य समितीको रहेको छ । 

Post a Comment

 
Top