0
पाँचौ संस्करणको लिटिल स्टेप १२ बर्षमुनिका खेलाडीहरु सहभागि छात्र÷छात्रा (यु–१२, प्रावि स्तरीय) ह्याण्डवल प्रतियोगितामा १७ टिमको सहभागिता रहने भएको छ । प्रतियोगिता यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म चल्ने छ । उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता अन्तर्गत छात्रतर्फ १७  र छात्रातर्फ १० टिमको सहभागिता रहने भएको बिद्यालयका निर्देशक तथा कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष शेरबहादुर गुरुङले पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन । लिटिल स्टेप उच्च माविको आयोजना तथा कास्की जिल्ला ह्याण्डवल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता लिटिल स्टेपको खेल मैदानमा हुने भएको हो । प्रतियोगितामा प्रथम हुने छात्र÷छात्रालाई ७ हजार, दोश्रो हुनेलाई ५ र तेश्रो हुनेलाई ३ हजारको साथमा टूफी मेडल प्रमाणपत्र वितरण गरीने भएको खेल संयोजक विनोद गिरीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई टूफीको साथमा एक हजार पुरस्कार प्रदान गरिने भएको छ भने अनुशासित टोलीलाई ट्रफि प्रदान गरिने भएको छ । गतबर्ष आयोजना भएको प्रतियोगितामा छात्रतर्फ १७ र छात्रातर्फ ६ टोलीको सहभागिता रहेको गिरीले जनाए ।  निजी तवरबाट खेलकोदको विकास गर्न, ह्याण्वडल खेललाई वालवालीकाको सहज पहुँच पु¥याई यसको प्रभाव क्षेत्र विस्तार गर्न, खेलकुदको माध्यमबाट आपसी भाईचाराको सद्भाव कायम गर्न प्रतियोगितालाई निरन्तरता दिएको गुरुङले जनाए ।

Post a Comment

 
Top